काठमाडौं । चर्चामा रहेको नेपाली फिल्म ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । हिन्दी भाषामा डब गरि नेपाल र भारतमा एकैदिन सार्वजनिक हुने तयारीमा रहेको फिल्मको दोस्रो टिजर पनि नेपाली र हिन्दी भाषामा सार्वजनिक गरिएको हो ।
भारतको जि म्यूजिकको यूट्युव च्यानलबाट हिन्दी भाषाको टिजर सार्वजनिक गरिएको हो । यस्तै नेपाली भाषामा ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक भएको छ । प्रदीप खड्का र कृष्टिना गुरुङको मुख्य अभिनय रहेको फिल्म आगामी असोज ७ गते नेपाल र भारतमा एकैदिन प्रर्दशनको तयारी रहेको छ । नेपालमा फिल्म हिन्दी भाषामा समेत रिलिज गर्ने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।
हेर्नुहोस टिजर हिन्दी भाषामा :
हेर्नुहोस टिजर नेपाली भाषामा :