Quantcast
Viewing latest article 12
Browse Latest Browse All 3084

भुवन केसीले गरे पदभार ग्रहण, चलचित्र क्षेत्रको विकासमा काम गर्ने वाचा

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले आज पदभार ग्रहण गरेका छन् । बिहान बोर्डको कार्यालय पुगेर स्वस्तिक वाचन गर्दै वास्तुअनुसार केसीले पदभार ग्रहण गरेका हुन् । केसीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको थियो ।

अभिनेता तथा निर्माता समेत रहेका केसीले पदभार ग्रहण गर्दै चलचित्र क्षेत्रको विकास र समृद्धिमा आफूले ध्यान दिने बताए । आफु १० वर्ष देखि कला क्षेत्रमा लागेकोले कला क्षेत्रको विकास नै आफ्नो उद्देश्य रहेको केसीको भनाई थियो । १० वर्षको उमेरदेखि कला क्षेत्रमा लागेको बताउँदै अध्यक्ष केसीले चलचित्र क्षेत्रमै काम गरेको ४० वर्ष भइसकेको जानकारी दिए । उनले आफूलाई असफल हुने छुट नरहेको बताए ।


Viewing latest article 12
Browse Latest Browse All 3084

Trending Articles