Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अक्षय र रजनीकान्त स्टारर फिल्म ‘२.०’बारे यस्तो खुलासा

$
0
0

एजेन्सी । बलिउडका दुई सुपरस्टारलाई दर्शकहरुले प्रतिक्षा गरिरहेका छन् । ती हुन् अक्षय कुमार र रजनीकान्त । यी दुई स्टारर फिल्म ‘२.०’सँग जोडिएको एक विशेष खबर हामी तपाईलाई जानकारी दिन गइरहेका छौं ।

निर्देशक शंकरको रोबोट/इंधीरनको सिक्वेल अर्थात् फिल्म २.० आगामी वर्ष रिलिज हुँदैछ । सारा अफवाहलाई विराम लगाउँदै फिल्म सन् २०१८ को २५ जनवरीबाट रिलिजमा आउनेछ ।

फिल्म २.० का निर्माताका अनुसार आगामी महिना अर्थात् अक्टोबरमा यस फिल्मको ग्र्याण्ड म्युजिक दुवईमा सार्वजनिक हुनेछ । सोही अवसरमा रजनीकान्त र अक्षय कुमारसहित फिल्मको पूरा टिम त्यहाँ उपस्थित हुनेछन् ।

त्यसको एक महिनामा अर्थात् नोभेम्बरमा दर्शकले फिल्मको टिजर हेर्न पाउनेछन् । र, टिजर हैदरावादमा सार्वजनिक हुनेछ । डिसेम्बरमा फिल्म २.० को ट्रेलर भव्य तरिकाबाट सार्वजनिक हुनेछ । यसका लागि चेन्याई शहर चुनिएको छ ।

सन् २०१० मा रिलिज भएको फिल्म ‘रोबोट’मा रजनीकान्तका साथै ऐश्वर्या राय बच्चन थिइन् जबकि सिक्वेलमा रजनीकान्तसँग भिड्न अक्षय कुमार १२ विभिन्न अवतारमा देखिनेछन् । उनका अलवा एमी ज्याक्सन, सुधांशु पांडे, आदिल हुसैन र कलाभवन शाजीजोनको समेत मुख्य भूमिका रहनेछ ।

The post अक्षय र रजनीकान्त स्टारर फिल्म ‘२.०’ बारे यस्तो खुलासा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles