Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अब कमल हसनले पनि राजनीति गर्ने

$
0
0

एजेन्सी, ३० भदौ । चर्चित बलिउड कलाकार कमल हसनले राजनीतिक यात्रा सुरु गर्ने भएका छन् । हसनले नयाँ पार्टी खोलेर तमिलनाडुको राजनीतिमा प्रवेश गर्न लागेका हुन् ।

हसनले सेप्टेम्बरको अन्त्यसम्ममा नयाँ पार्टीको घोषणा गर्न लागेकोे भारतीय समाचार माध्यम द क्विन्टले जनाएको छ । नोभेम्बरमा हुन लागेको स्थानीय चुनानलाई ध्यानमा राख्दै नयाँ पार्टी खोल्न लागेका हुन् । ६२ वर्षीय हसनले चाहनाले भन्दा पनि बाध्यताले आफू राजनीतिमा छिर्न लागेको बताएका छन् । ‘रहरले भन्दा पनि बाध्यताले राजनीति गर्ने सोचिरहेको छु,’ हासनलाई उदृत गर्दै द क्विन्टले लेखेको छ ।

तमिलनाडुको राजनीतिमा फिल्मबाट राजनीतिमा प्रवेश गर्ने कलाकारको लामै सूचि रहेको छ । जय ललिथा, एम जि रामचन्द्रन र विजयकान्तको सूचिमा अब कमल हसनको नाम पनि आउने भएको छ ।

 

The post अब कमल हसनले पनि राजनीति गर्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles