Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

फिल्म जुध्ने डरले रोहित सेट्टी तनाबमा

$
0
0

बलिउड । बलिउडमा सबैभन्दा चर्चीत फिल्म रह्यो गोलमाल । यस फिल्मका तीनवटा सिक्वल आइसकेका छन् भने चौथो बन्ने पनि पक्कापक्की भइसकेको छ ।

रोहित सेट्टीको निर्देशनमा बन्न लागेको गोलमाल ४ को सुटिङ मार्च ९ देखि हुने भएको थियो । सुटिङको काम सकेर पोस्ट प्रोडक्सनको काम पनि छिट्टै हुने बताइएको छ । यो फिल्म दिपावलीमा रिलिज गर्ने तयारी भएको थियो तर फिल्म २.० सँग जुध्ने भएपछि नयाँ डेट खोज्न थालिएको समेत बताइएको छ ।

यस फिल्ममा धेरै चर्चीत अनुहारलाई लिइएको मिडिया रिपोर्टमा उल्लेख छ । यस फिल्ममा प्रकाश राज, अजय देवगण, परिणीत चोपडा, तब्बु, अरशद वार्सी, तुषार कपुर, श्रेयस तलपडे, नीलनितिन मुकेश र कुणाल खेमु जस्ता कलाकारहरु रहेका छन् ।

प्रकाश राजका अनुसार फिल्मको स्क्रिपट सुनेर हाँस्दा हाँस्दा लडेका थिए । दर्शकहरुको हलमा कस्तो हालत हुनेछ त्यसको कल्पना समेत आफुले गर्न नसक्ने उनले बताएका छन् ।

 

The post फिल्म जुध्ने डरले रोहित सेट्टी तनाबमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles