Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यस मामिलामा सनी लियोनीलाई हुनसक्छ ६ वर्षको जेल सजाय

$
0
0

एजेन्सी । बलिउड अभिनेत्री सनी लियोनी र उनका पति डेनियल वेबरले हालै एक बच्चालाई धर्मपुत्री बनाएका थिए । सनीले उक्त बच्चाको नाम निशा कौर वेबर राखेकी छन् । छोरी तस्बिर पनि सामाजिक सञ्जालमा अपलोड गरेकी थिइन् । उक्त बच्चाको फोटो अपलोड गर्नु सनीका लागि महंगो पर्न सक्ने बताइएको छ ।

यद्यपी उक्त बच्चालाई आफूसँग लिनुपूर्व तस्बिर पोष्ट गरेको भन्दै सनी लियोनीविरुद्ध एक सुचना जारी गरिएको छ । बच्चा उपलब्ध गराउने संस्थाले समेत यस विषयमा सनीसँग जवाफ मागेको छ ।

खबरका अनुसार राष्ट्रिय बाल आयोगले सनी लियोनीलाई कारबाही गरेको छ । केन्द्रीय महिला एवं बाल विकास सचिवले पनि रिपोर्ट बनाइसकेका छन् ।

सनी लियोनीमाथि जेजे एक्ट उल्लघंन गरेको आरोप लागेको छ । उनलाई बच्चाको गोपनियता उल्लंघन गरेको आरोप लागेको छ किनकी यो मामिला अदालतमा थियो र बच्चा अपनाउने प्रक्रिया पुरा भएको थिएन ।

सनी र उनका पति डेनियल सेप्टेम्बरमा उक्त बच्चालाई अपनाएका लागि आवेदन दिएका थिए । सन् २०१७ जून ३१ मा दुवैलाई अनलाइन म्याचमेकिङ गराइएको थियो । सनीलाई त्यसबेला उक्त बच्चा मनपर्‍यो र हुन्छ भनिन् । त्यसबेलासम्म बच्चा अपनाउने प्रक्रिया पुरा भएको थिएन तर सनीले उक्त बच्चाको तस्बिर सामाजिक सञ्जालमा साझा गरिसकेकी थिइन् । अहिले राष्ट्रिय बाल आयोगले सनी लियोनीलाई सुचना पठाएर जवाफका लागि ३० दिनको समय दिएको छ ।

सनी लियोनीले जेजे ऐन २०१५ को धारा ३ र उपधारा ७४ उल्लंघन गरेकी छन् । यसमा अपनाउन चाहेको बच्चाको गोपनियता र आत्मसम्मानको हक सामेल छ । यस धाराअनुसार सनीले दुई लाख जरिवाना र १ देखि ६ वर्षसम्म कैदको सजाय हुनसक्छ ।

The post यस मामिलामा सनी लियोनीलाई हुनसक्छ ६ वर्षको जेल सजाय appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles