Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

ऋतिक र कट्रिना अब बायोपिकमा देखिने

$
0
0

एजेन्सी । ‘जिंदगी ना मिलेगी दोबारा’,’ब्याङ ब्याङ’ जस्ता फिल्ममा काम गरेपछि ऋतिक रोशन र कट्रिना कैफ एकपटक पुन: सँगै देखिने भएका छन् । ऋतिक रोशन बिहारको चर्चित कोचिंग सेंटर सुपर ३० को संस्थापक आंनद कुमारको बायोपिकमा काम गरिरहेका छन् ।

केही दिन अघि ऋतिकले आनन्द कुमारलाई आफ्नो घरमा बोलाएका थिए जसमा कट्रिनासँगै आनन्द कुमारले भलाकुसारी गरेका थिए । यस कुराको जानकारी आनन्द कुमार आफैंले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् ।

प्राप्त जानकारीका अनुसार यस फिल्मलाई ‘क्वीन’का निर्देशक विकास बहलले बनाइरहेका छन् । आनन्द कुमारले ऋतिक रोशनका साथ एक पोष्ट गर्दै लेखेका छन्, ‘ऋतिक एक राम्रो अभिनेता मात्र नभई निकै राम्रो मानिस पनि हो ।’ आनन्द कुमार एक गणितिज्ञ हुन् ।

ऋतिक रोशन र कट्रिना कैफको जोडीलाई दर्शकहरुले निकै मन पराउने गर्छन् । ऋतिक अहिले फिल्म ‘सुपर ३०’को तयारीमा लागेका छन् भने आफ्ना पिताको फिल्म ‘कृष ४’ पनि काम गर्नेछन् ।

The post ऋतिक र कट्रिना अब बायोपिकमा देखिने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles