Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बाढीपीडितलाई राहत वितरण गर्दै पुजा र सुदर्शन

$
0
0

चितवन, १ भदौ । पछिल्लो समय चर्चामा रहेकी नायिका पुजा शर्माले चितवन पुगेर सुकुम्बासी बस्तीका बाढी प्रभावितलाई राहत वितरण गरेकी छन् । बिहीबार उनले सुकुम्बासी बस्तीमा १ लाखभन्दा बढिको खाद्यन्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

‘म यस्तो गीत गाउँछु’की अभिनेत्री पुजा शर्माले त्यहाँका करिब ६० घर सुकुम्बासीहरुलाई राहत वितरण गरेकी हुन् । ‘सुकुम्बासी बस्तीको अवस्था र स्थानीयहरुको पीडाले उनी आफैलाई दुखेको बुझ्न सकिन्थ्यो । घरहरु अझै हिलाम्य छन, खाने कुरा छैन, लत्ताकपडा सबै बगाएको छ यहाँ अझै सहयोगको खाँचो छ,’ पुजाले सुनाइन् ।

सहयोग र राहतको नाममा भाषण गर्ने, सामाजिक सञ्जालमा ठुला गफ लगाउनेहरुलाई पनि पुजाको यो कामले पाठ सिकाउने उनीसँगै राहत बोकेर पुगेका निर्देशक सुदर्शन थापा बताउँछन् । उनले जति सकिन्छ आआफ्नो स्थानबाट सबैले पिडितलाई सहयोग गर्नुपर्ने बताए । चलचित्र ‘म यस्तो गीत गाउँछु’ सफल भएपछि चर्चामा रहेका अभिनेत्री पुजा शर्मा र निर्देशक सुदर्शन थापाले बाढीपीडितहरुलाई चामल, आलु, प्याज, नुन, तेल, चाउचाऊ, बिस्कुट, मसलालगायत विभिन्न कपडाहरु वितरण गरेका हुन् । गत साउन २८ गते राप्ती नदीमा भिषण बाढी आएपछि सुकुम्बासी बस्ती पुर्ण रुपमा डुबानमा परेका थियो ।

The post बाढीपीडितलाई राहत वितरण गर्दै पुजा र सुदर्शन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles