बलिउड । सन् २०१२ मा करीना कपुर र सैफ अली खानको प्रेम विवाह भएको थियो । यस अघि उनीहरुबीतच ५ वर्षको अफयेर चलेको थियो । करीना आउनुभन्दा पहिला पनि सैफको जीवनमा अर्कै युवती रहेकी थिइन् ।
सैफ त्यस समय इटालीकी एक युवतीसँग डेटमा रहेका थिए । यही अफयेरका कारण सैफ अली खानलाई उनकी पहिली श्रीमतीले डिभोर्स दिएकी थिइन् । रोना क्याटलानो स्विस मोडल हुन् ।
उनको जन्म भने इटालीमा भएको थियो । उनीहरुको सम्बन्ध दुई वर्षसम्म चलेको थियो । रोजा र सैफ लिबिङ टुगेदर रिलेशनमा रहेको समेत बताइएको थियो । सन् २००७ मा उनीहरुको ब्रेकअपको खबर बाहिर आएको थियो ।
एक अन्तर्वार्तामा रोजाले सेफबारे आश्चर्यलाग्दो बयान दिएकी थिइन् । सेफले रोजासँग अविवाहित भनेर चिनाएको बताएकी थिइन् । जब उनी भारतमा आइन् तब सेफको दुईवटा बच्चा रहेको र डिभोर्सी समेत रहेको थाहा पाएको रहस्य बाहिर आएको थियो ।
रोजाले एक अन्तर्वार्तामा सेफ र आफ्नो भेट केन्यामा भएको बताएकी थिइन् । उनी केन्यामा ६ वर्षदेखी एक प्रोजेक्टमा काम गर्दै थिइन् । सेफसँगको भेट पछि उनले भारत आउने निर्णय गरेकी थिइन् । रोजाले फिल्म ‘सौर्य’ मा आइटम नम्बर गरेकी थिइन् ।
The post अमृता सिंहसँग सैफको यसकारण डिभोर्स भएको थियो appeared first on Sajha Post.