Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यी अभिनेत्रीले गर्नेछिन् सुशांत सिंह राजपूतसँग अन्तरिक्ष यात्रा

$
0
0

एजेन्सी । बलिउड अभिनेता सुशांत सिंह राजपूत हालका दिनमा ‘चंदा मामा दूर के’मा अंतरिक्षको यात्रा गर्नका लागि नासाको स्पेस सेन्टरमा तालिम लिइरहेका छन् । खबरका अनुसार उनले त्यसका लागि साथी समेत भेटिसकेका छन् ।

मिडिया रिपोर्टका अनुसार श्रद्धा कपूर उनको उक्त यात्राका लागि साथी बन्न जाँदैछिन् । श्रद्धा कपूरको नाम यस भूमिकाका लागि पहिलेदेखिनै चर्चामा थियो । सुत्रका अनुसार फिल्मको कहानी तीन अन्तरिक्षयात्रीको वरिपरी घुम्छ । जसमा सुशांत सिंह राजपूत र नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा छन् । तेस्रो अन्तरिक्षयात्री तथा फिल्मको लिड अभिनेत्रीको भूमिकामा श्रद्धा कपूरलाई चयन गरिएको छ ।

खबरका अनुसार फिल्मको शूटिङ सेप्टेम्बरको अन्त्यबाट हुनु हुनेछ भने त्यसअघि श्रद्धाले आफ्नो भूमिकाका लागि तालिम लिनेछिन् । नासाको ट्रेनिङ सेन्टरमा सुशांतले केही वर्कसपमा सहभागी भइरहेका छन् । जहाँ उनले एक अन्तरिक्षयात्रीको जीवनलाई जीवन्त दिने कोशिस गरिरहेका छन् ।

The post यी अभिनेत्रीले गर्नेछिन् सुशांत सिंह राजपूतसँग अन्तरिक्ष यात्रा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles