Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमानसँगको सम्बन्धबारे कट्रिनाले गरिन् गज्जबको खुलासा

$
0
0

एजेन्सी । बलिउडका अभिनेता सलमान खान सधैँ उनी र कट्रिनाबारे केही भन्नबाट बच्ने गरेका छन् । यसैकारण उनीहरुको सम्बन्धबारे सबैले अनुमान मात्रै लगाइरहने हुँदा यसप्रति सबैको चासो बढ्दै गइरहेको छ ।

यसैबीच अभिनेत्री कट्रिनाले भने एउटा अन्तर्वार्तामा यसबारे मन खोलेर बताउँदै सबैको उत्सुकतालाई कम गराएकी हुन् । उनले भनिन्, ‘मेरो र सलमानको सम्बन्ध धेरै अलग किसिमको छ । म हाम्रो सम्बन्धलाई शब्दमा बयान गर्न सक्दिन । वास्तवमा सलमानको र मेरो सम्बन्ध यस्तो खालको छ कि मैले बयान गर्न पनि मिल्दैन । हामी दुई जस्तोसुकै विषयमा पनि खुलेर कुरा गर्न सक्छौँ । हामी एकअर्कालाई धेरै सम्मान गर्छौँ र त्यस्ता भावना राख्छौँ जुन सबै सम्बन्धका लागि जरुरी मानिन्छ ।’

यसका साथै कट्रिनाले पूर्ण सलमानबारे भनिन् , ‘सलमानसँग काम गर्न मलाई धेरै रमाइलो लाग्छ । सलमानले तपाईलाई सधैँ खुसी राख्छन् । उनलाई मन पर्ने कुराहरुपनि निकै रोचक किसिमका हुन्छन् । साथसाथै उनी टिभीमा होस् या फिल्ममा उनलाई देखेर मेरो मन सधैँ खुसी हुने गर्छ । उनी सबै क्षेत्रमा उत्कृष्ट छन् । ’

अहिले कट्रिना र सलमान फिल्म ‘टाइगर जिन्दा है ’ का लागि साथसाथ काम गरिरहेका छन् । सुटिङका क्रममा उनीहरुका रमाइला क्षणहरुलाई कट्रिनाले निरन्तर इन्टाग्राममा पोस्ट गर्ने गरेकी छन् । कबिर खानले निर्माण गर्न लागेको यो फिल्मले पर्दामा नआउँदै चर्चा बटुलिरहेको छ ।

The post सलमानसँगको सम्बन्धबारे कट्रिनाले गरिन् गज्जबको खुलासा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles