Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सनी आमा बन्न चाहन्छिन् तर डराउँछिन् यस विषयमा

$
0
0

एजेन्सी । बलिउड हट गर्ल सनी लियोनी आमा बन्न चाहन्छिन् र आफ्नो परिवारलाई पूर्णता दिन चाहन्छिन् । सनी आफ्नो पतिका साथ बच्चाको योजना बनाइरहेकी छन् । तर, उनलाई सँधै एउटा डरले सताउँदै आएको छ । त्यो हो, गर्भावस्थासँग डर लाग्नु ।

हालै सनी लियोनीले एक मनोरञ्जनात्मक च्यानलमा अन्तर्वार्ता दिँदै भनिन् कि उनी आफ्नो परिवारको बारेमा सोचिरहेकी छन् । सनीसँग पारिवारीक योजनाका बारेमा सोध्दा उनले आफू बच्चाको आमा बन्न चाहेको तर प्रेग्नेन्सीसँग डर लाग्ने बताइन् ।

सनीले भनिन्, ‘म अहिले यसबारेमा केही भन्न सक्दिनँ किनकी अहिले मसँग धेरै काम बाँकी छ ।’ उनले थपिन्, ‘कसलाई थाहा छ कि कुनै दिन म आफ्नो हातमा एक बच्चा लिएर आउनसक्छु र जो कोही पनि अचम्मित हुन सक्छ कि यो बच्चा कहाँबाट आयो ।’

सनीको यस बयानबाट उनी सेरोगेसीको मद्दतबाट आमा बन्न सक्ने‍ अनुमान लगाउन सकिन्छ । उनी र उनको पतिबीच सेरोगेसीको माध्यमबाट घरमा बच्चा ल्याउने योजना भइरहेको पनि हुन सक्ने अन्दाज लगाउन थालिएको छ । सेरोगेसीको प्रचलन फिल्म उद्योगमा बढिरहेको छ ।

The post सनी आमा बन्न चाहन्छिन् तर डराउँछिन् यस विषयमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles