एजेन्सी, ४ साउन । बलिउड फिल्म ‘जग्गा जासूस’की कलाकार बिदिशा बेजबरुवाले आत्महत्या गरेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार गुरुग्रामस्थित आफ्नै निवासमा उनले आत्महत्या गरेकी हुन् । उनी हालै रिलिज भएको फिल्म ‘जग्गा जासूस’मा देखिएकी थिइन् ।

बिदिशाको पिताले उनको पतिविरुद्ध प्रहरी चौकीमा उजुरी दिएका छन् । अभिनेत्रीको पतिलाई प्रहरीले गिरफ्तार गरेको छ ।
दिल्लीस्थित भारतीय जनसंचार संस्थानबाट मास कम्यूनिकेशनमा अध्ययन गरेकी बिदिशाले एक वर्षअघि विवाह भएको थियो । उनको मृत्युको कारण अझै खुल्न सकेको छैन ।
सुत्रका अनुसार बिदिशाको वैवाहिक जीवनमा केही खटपट आएको थियो ।
Photo : Hindi.new24online
The post ‘जग्गा जासूस’की यस अभिनेत्रीले गरिन् आत्महत्या appeared first on Sajha Post.