एजेन्सी । एेश्वर्या अहिले बच्चन परिवारकी बुहारी हुन् र एक छोरीकी आमा पनि बनिसकेकी छन् तर पनि विवेक र सलमानसँगको उनको इतिहास अझै कसैले भुलेका छैनन् । सलमानसँग विवाद परेपछि ऐश्वर्या विवेकको नजिक भएकी थिइन् । त्यसपछि उनीहरुको सम्बन्ध कसैबाट पनि लुकेन, जसकारण विवेक र सलमानबीच अझै बोलचाल छैन । तर आखिर विवेक र ऐश्वर्याबीच के कारणले बिछोड भएको थियो भन्ने आज हामी बताउन जाँदैछौँ ।
पहिले त एेश्वर्याले कहिल्यै पनि विवेकसितको सम्बन्धलाई खुलेआम सार्वजानिक गरेकी छैनन् तर सबै कार्यक्रमहरुमा उनीहरु दुवै सँगै पुग्ने गर्थे । सन् २००३ मा विवेकले एक होटलमा प्रेस कन्फ्रेन्स गरेर भनेका थिए कि उनी र ऐश्वर्या साथ देखिन थालेपछि सलमानले उनलाई मार्ने धम्की दिँदै फोन गरेका थिए । सलमानले उनलाई मदिरा पिएको झोकमा रातभरमा ४१ पटक ज्यान मार्ने धम्की दिएको बताएका थिए ।
विवेकको यो हर्कतले एेश्वर्या भने निकै निराश भएकी थिइन् । उनलाई कुनै पनि किसिमको विवादमा फस्नु थिएन । त्यसैकारण उनले विवेकलाई बेवास्ता गर्न थालिन् र विवेक एक अपरिपक्क मान्छे भएको बताइन् । त्यसपछि विवेकले पनि एउटा अन्तर्वार्तामा एेश्वर्यालाई प्लास्टिक भनेका थिए । एेश्वर्याको प्लास्टिक जस्तो हाँसो र प्लास्टिककै मन रहेको बताएका थिए । फराहा खानको एउटा शो मा उनले भनेका थिए कि उक्त प्रेस कन्फ्रेन्स गर्नु उनको ठूलो गल्ती थियो । उक्त प्रेस कन्फ्रेन्समा उनले भन्न नहुने कुरा समेत भनेकोमा पछि पछुतो लागेको स्वीकारेका थिए ।
उनले भने, ‘त्यो प्रेस कन्फ्रेन्सपछि एउटा अवार्ड शोमा मेरो मजाक उडाइएको थियो ।’ यति मात्र नभएर उनलाई एउटा अवार्ड जितेको खबर आएपछि पनि फेरि उक्त अवार्ड अरुलाई नै दिइएको चिठी समेत पाएको उनले बताएका थिए ।
विवेकले गरेको प्रेस कन्फ्रेन्स नै उनको सबैभन्दा ठूलो गल्ती थियो जसकारण एेश्वर्या र उनको विछोड भएको थियो ।
The post यसकारण छोडेकी थिइन् एेश्वर्याले विवेकलाई appeared first on Sajha Post.