काठमाडौं, २९ असार । संगीतकार, गायक विनोद ढकालको नयाँ गीत ‘भ्यालेन्टिनो’को म्युजिक भिडियोको चर्चा चुलिन थालेको छ ।
लोकगीतमा पनि र्यापलाई प्रस्तुत गर्ने ढकालको पछिल्लो गीत भ्यालेन्टिनोलाई एसीयन म्युजिकले तयार पारेको छ भने म्युजिक भिडियो सङ्स नेपालले युट्युव च्यानलमा राखेको छ । उक्त गीतमा ढकाललाई गायिका मिना सिंहले साथ दिएकी छन् ।
माला लिम्बूको अभिनय रहेको म्युजिक भिडियोलाई नयाँ शैलीमा तयार पारिएको छ । गायक ढकाल भन्छन्,‘यो अंग्रेजी गीत सुन्नेहरूका लागि राम्रो छ भने नेपाली गीतका पारखीलाई नयाँ स्वाद हुनसक्छ ।’
ढकालले यसअघि विभिन्न गीतमा संगीत भरेका छन् भने स्वरपनि दिएका छन् । नेपाली चलचित्र लालटिनका संगीतकार ढकालका ‘ह्वीस्की मिलाऊ आज’ भन्ने गीतले चर्चा पाएको थियो ।
The post लौ आयो विनोद ढकालको भ्यालेन्टिनो (भिडियोसहित) appeared first on Sajha Post.