बलिउड । बलिउडमा सलमान खानको अभिनेताहरुसँगको सम्बन्धलाई लिएर निकै चर्चा चल्ने गर्छ । यसै कारण पनि उनी विवादमा आइरहने गर्छन् । एक समय थियो जब सलमान खान र ऋतिक रोशन अत्यन्त मिल्ने साथी थिए । तर, फिल्म ‘गुजारिस’का बारेमा सलमान खानले व्यङ्ग गर्दै ऋतिकलाई भनेपछि उनीहरु बीचको सम्बन्ध बिग्रिएको हो ।
उनले कोही कुकुर पनि ऋतिकको फिल्म हेर्न नगएको भन्दै फिल्मको खिल्ली उडाएका थिए । फिल्मको मजाक उडाउनु कारण पनि ऐश्वर्या रहेको बताइएको थियो ।
ऐश्वर्या कारण रितिक पनि विवादमा तानिएको बताइएको छ । ऐश्वर्यालाई लिएर फिल्म निर्माण गरेका निर्देशक संजय लिला भन्सालीसँग पनि सलमान खानको राम्रो सम्बन्ध छैन ।
The post ऋतिक रोशन र सलमान खानको सम्बन्ध यस कारण बिग्रिएको थियो appeared first on Sajha Post.