एजेन्सी । केही स्क्रिप्टहरु यस्ता हुन्छन् जसलाई टप कलाकारहरुले अस्विकार गर्छन् । यो सिलसिला वर्षौदेखि चल्दै आइरहेको छ ।
अमिताभ बच्चनको पहिलो सुपरहिट फिल्म जंजीरको स्क्रिप्ट देव आनन्द, राजेश खन्ना, राजकुमार, धमेन्द्र जस्ता कलाकारहरुले अस्विकार गरेका थिए । अन्तत असफल अमिताभको भागमा पर्यो यो फिल्म । यो फिल्मका कारण उनको करिअरले नयाँ मोड लिन सक्यो ।
केही दिनयता एउटा फिल्मको स्क्रिप्टलाई अस्विकार गर्ने सेलिब्रिटीहरुको संख्या पनि उस्तै हुन थालेको छ ।
एउटा फिल्मको स्क्रिप्ट पहिलोपटक अक्षय कुमारलाई देखाइएको थियो, उनले फिल्म गर्ने सहमति पनि दिए तर, केही दिनपछि फिल्म गर्न नसक्ने उनले बताए । त्यसपश्चात उक्त फिल्मको स्क्रिप्ट वरुण धावनलाई देखाइयो । उनले पनि फिल्म गर्न अस्विकार गरे । अन्तत आमिर खानलाई उक्त स्क्रिप्ट पढ्न दिइयो तर उनलाई पनि चित्त बुझेन ।
यो फिल्म ‘फाइभ’ को स्क्रिप्ट हो । यो एक थ्रिलर मुभी हो । यसमा हिरोको पाँच भुमिका रहेका छन् । फिल्मका निर्देशक उमंग कुमार हुन् जसले सराबजीत तथा मेरीकोम बनाइसकेका छन् । उनले यस फिल्मको स्क्रिप्ट निकै बलियो भएको बताउँदै आइरहेका छन् ।
फिल्ममा हिरोको पाँचवटा भुमिका भएका कारण कठिन मेहनत गर्नुपर्ने भएका कारण पनि अस्विकार गरेको हुन सक्ने बताइएको छ ।
The post आमिर र अक्षयले पनि मानेनन् यस फिल्ममा काम गर्न appeared first on Sajha Post.