Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

रहिनन् अभिनेत्री सुमिता सान्याल, ७१ वर्षको उमेरमा निधन

$
0
0

एजेन्सी, २५ असार । बंगाली फिल्मकी अभिनेत्री सुमिता सान्यालको ७१ वर्षको उमेरमा निधन भएको छ ।

उनले सन् १९७१ मा रिलिज भएको फिल्म ‘आनन्द’मा रेनुको भूमिका निभाएकी थिइन् । सुमिताले फिल्ममा अमिताभ बच्चनको प्रेमिकाको भूमिकामा देखिएकी थिइन् । सुमिताको वास्तविक नाम मंजुला सान्याल थियो र उनको जन्म ९ अक्टोबर १९४५ मा दार्जिलिङमा भएको थियो । सुमिताले बंगालीमा ४० भन्दा बढी फिल्ममा काम गरेकी छन् र जसमा सगीना महतोमा उनको हिरो दिलीप कुमार थिए । यसका साथै ‘कुहेली’मा उनले विश्वजीत र संध्या रायसँग मुख्य भूमिकामा देखिएकी थिइन् ।

सुमिताले आशिर्वाद, गुड्डी, मेरी अपने जस्ता धेरै हिन्दी फिल्म, टिभी सिरियल र थिएटरमा समेत काम गरेकी थिइन् ।

The post रहिनन् अभिनेत्री सुमिता सान्याल, ७१ वर्षको उमेरमा निधन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles