Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यी हुन् पत्रकारसँग झगडा गर्ने नेपाली अभिनेत्री

$
0
0

काठमाडौं, २३ असार । मिडियाहुँदै सिनेक्षेत्रमा प्रवेश गर्ने धेरै नेपाली अभिनेत्रीको पत्रकारसँगै झगडा हुने गरेको छ । मिडिया र सेलिब्रिटीको विवाद प्राय आइरहन्छ । अभिनय क्षेत्रमा लागेकाहरूको गसिपलगायतका विभिन्न विषयमा आउने प्रतिक्रिया, सार्वजनिक कार्यक्रममा तस्बिर खिचाउने प्रसङ्गलगायतमा मिडियासँग झगडा परिरहने गरेको छ ।
मिडिया क्षेत्रमा लागेर मिडियामैत्री हुन नसक्नु अभिनेत्रीहरूको समस्या नै देखिएको छ । खासगरी नेपाली फिल्म क्षेत्रमा लागेका अभिनेत्रीहरूको यो एक प्रकारको रोगजस्तै देखिएको छ । मिडियासँग विवाद गरी मिडियामै आइरहने प्रायः को–को हुन् ?

निशा अधिकारी : भर्खरै क्रिकेटर शरद भेष्वाकरसँग विवाह गरेकी निशा अधिकारी बारम्बार मिडियासँग क्रुद्ध हुने अभिनेत्री हुन् । केही दिनअघिमात्र उनले चेतावनी दिएर विभिन्न मिडियासँग विवाद गर्ने कोशिश गरेकी थिइन् ।

प्रियंका कार्की : आफूभन्दा ५ वर्ष कान्छो अभिनेता आयुष्मान देशराज जोशीसँग प्रेममा रहेको घोषणा गरेकी प्रियंका कार्की पनि मिडियामा विवादमा आउने अभिनेत्री हुन् । यहि प्रसङ्गमा उनको ‘किस’का विषयमा आएका गसिपलाई लिएर उनी क्रुद्ध थिइन् । यसअघि पनि कतिपय विवादास्पद विषयमा उनको मिडियासँग राम्रो सम्बन्ध रहने गरेको छैन ।

सहाना बज्राचार्य : अभिनेत्री तथा मिडियाकर्मी सहाना बज्राचार्यको पनि मिडियासँग राम्रो सम्बन्ध रहेको छैन । सार्वजनिक कार्यक्रममा पत्रकारसँग विवाद गरेपछि उनले माफी समेत माग्नु परेको थियो । विभिन्न प्रकरणमा समाचारमा आउने उनी फिल्मनगरीमा त्यति नजमेपनि पत्रकारहरूसँगको मैत्रीभाव सम्बन्धमा भने कमजोर छिन् ।

केकी अधिकारी : ऋणका कारण बाबुको कालोसूचीमा नाम छापिएको प्रकरणलाई लिएर समाचार आएपछि अभिनेत्री केकी अधिकारीको पनि केही पत्रकारसँग सम्बन्ध विग्रिएको थियो । कतिपयले उनको सम्बन्धका बारेमा गसिप लेखेका कारणल पनि पत्रकारसँग उनको सम्बन्ध त्यति राम्रो हुन नसकेको छ ।

रेखा थापा :  नेपाली सिनेमा उद्योगमा लामो समयदेखि नाम चलेकी अभिनेत्री रेखा थापाको पनि केही पत्रकारसँग सम्बन्ध चिसो रहेको बताइन्छ । सीमित बाहेकका पत्रकारसँग उनको सम्बन्ध सुमधुर छैन ।

शिल्पा पोखरेल : अभिनेत्री शिल्पा पोखरेल र छवि ओझाको सम्बन्धका विषयमा समाचार लेख्ने क्रममा उनको अघिल्लो जीवनका बारेमा समाचार आउन थालेपछि कतिपय मिडियासँग उनको सम्बन्ध चिसो बनेको थियो ।

सुमिना घिमिरे : अभिनेत्री सुमिना घिमिरे अहिले वैवाहिक जीवनमा छिन् । फिल्ममा उनको त्यति धेरै लगाव नभएपनि पत्रकारसँग उनको सम्बन्ध अति चिसो बनेको थियो । उनले त पत्रकारसँग संवादमा अपशव्दको प्रयोग गरेको चर्चा चलेको थियो ।

The post यी हुन् पत्रकारसँग झगडा गर्ने नेपाली अभिनेत्री appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles