Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘मोडल हन्ट नेपाल’को अडिसन सुरु (फोटोफिचरसहित)

$
0
0

काठमाडौं, १९ असार । प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको व्यवसायिक करियर निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले विगत ३ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को तेस्रो सिजन सुरु भएको छ ।

प्रतियोतिताको प्रारम्भिक चरणको पहिलो अडिसन शनिबार राजधानीको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिइसिसि हलमा आयोजना गरिएको थियो । नेपालका पहिलो अन्तराष्ट्रिय मोडल प्रशान्त ताम्राकार, पहिलो फेशन तथा व्यवसायिक फोटोग्राफर राजभाई सुवाल, मोडल सृजना रेग्मी, कोरियोग्राफर रोजिन शाक्य, मोडल हन्ट विजेता विवेक खड्का, गायिका स्मृती पोखरेल लगायत निर्णायक रहेको प्रारम्भिक चरणमा २ सय ३० युवायुवतीले अडिसन दिए ।

व्यक्तिव्व, आत्मविश्वास र प्रस्तुतिको आधारमा अन्तिम स्पर्धाको लागि छानिएका प्रतियोगी यही ३१ असारको अर्काे अडिसनपछि मात्र सार्वजनिक गरिने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तर्राष्ट्रियस्तरको मोडल बन्न प्रतियोगिता लाभदायक हुने धमलाको दाबी रहेको छ ।

प्रतियोगीलाई अन्तिम स्पर्धामा एक महिने प्रशिक्षण सहित उतारिनेछ । प्रशिक्षणका क्रममा प्रतियोगीले र्‍याम्प, व्यक्तित्व विकास, संचार कला, फोटोसेशन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण लिने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् ।

प्रतियोगिमा भारतका चर्चित कोरियोग्राफर मिलन एच.आर राईको विशेष प्रशिक्षण र रोजिन शाक्यको कोरियोग्राफी रहनेछ । एच.आर यसै वर्षदेखि प्रतियोगितामा जोडिएका हुन् ।

प्रतियोगीताको विजेताले नगद एक लाख, अमेरिकामा आयोजना हुने वर्ल्ड फेसन परेडदेखि कोरियामा हुने फेसन अवार्डसम्ममा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनुका साथै म्युजिक भिडियो र विज्ञापन चलचित्र अभिनय अवसर प्राप्त गर्न सक्नेछन् ।

The post ‘मोडल हन्ट नेपाल’को अडिसन सुरु (फोटोफिचरसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles