Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘रोबोट २’मा एलियनको भूमिकामा देखिँदै अक्षय

$
0
0

एजेन्सी । अक्षय कुमार र रजनीकान्तको मुख्य भूमिका रहेको रोबोटको अर्को भाग  २.० अर्को वर्ष मात्र रिलिज हुनेछ । अहिलेसम्म भने यस फिल्मको पोस्टर मात्र बाहिर आएको छ । उक्त पोस्टरले अक्षयकुमारलाई चर्चाको शिखरमा पुर्‍याइसकेको छ । त्यससँगै यस फिल्मका बारेमा अनुमान लगाइरहेकाहरुले पनि विभिन्न प्रतिक्रियाहरु दिइरहेका छन् ।

हालैमा आएको एक रिपोर्टका अनुसार यस फिल्ममा अक्षय कुमार कागको भूमिकामा देखा पर्ने जनाइएको छ । फिल्ममा अक्षयले खेल्न लागेको चरित्र एउटा अनुसन्धात्मक परीक्षण गर्ने क्रममा उनी असफल भएपछि उनी काग बन्ने बताइएको छ । तर अन्य विभिन्न स्रोतहरुले भने उनी काग होइन एलियनको भूमिकामा देखिने दावी पनि गरिरहेका छन् ।

उक्त फिल्म यूनिटले यसको प्रमोशनको तयारी सुरु गरिसकेको छ । विश्वभरि यस फिल्मको प्रमोशन हट एयर बलुनबाट गरिने बताइएको छ । फिल्मको ट्रेलर भने राजनीकान्तको जन्मदिन १२ डिसेम्बरमा रिलिज गर्ने तयारी भएको बताइएको छ ।

The post ‘रोबोट २’ मा एलियनको भूमिकामा देखिँदै अक्षय appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles