Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बक्स अफिसमा ‘ट्यूबलाइट’को खराब सुरुवात, तीन दिनमा कति कमायो ?

$
0
0

मुम्बई । बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘ट्यूबलाइट’ले बक्स अफिसमा खासै तहल्का मच्चाउन सकेन । यस फिल्मको तेस्रो दिनको बक्स अफिस कलेक्शन मात्र ६४ करोड छ । यदि सलमानको यसअघिको फिल्मले बक्स अफिसमा गरेको कलेक्शनसँग तुलना गर्ने हो भने यो निकै कम हो ।

बजार विश्लेषक तरन आदर्शले ट्वीट गरेर यस फिल्मले कमाएको आँकडा बताएका हुन् । यस फिल्मले पहिलो दिन शुक्रबार २१.१५ करोड, दोस्रो दिन २१.६७ र तेस्रो दिन २२.४५ करोड कमाएको हो । कुल मिलाएर अहिलेसम्म यस फिल्मले जम्मा ६४.७७ करोड कमाएको छ ।

सलमान खानले हरेक वर्ष एक सुपरहिट फिल्मको माध्यमबाट ईदमा आफ्ना फ्यानहरुलाई उपहार दिँदै आएका छन् र बदलामा बक्स अफिसबाट राम्रो कलेक्शन लिएर जाने गर्छन् तर यस पटक त्यस्तो हुन सकेन ।

सन् २०११ मा रिलिज भएको ‘बडिगार्ड’देखि लिएर १०१६ सम्म लगातार इदमा रिलिज भएको फिल्मलाई हेर्ने हो भने सलमान खानलाई सबैभन्दा बढी निराश ‘ट्यूबलाइट’ले गर्‍यो । यसअघि रिलिज भएको सबै फिल्मले ओपनिङ वीकेंडमा ‘ट्यूबलाइट’ले भन्दा बढी कमाएको थियो ।

तर आजको ईदको विदाले सलमान खानलाई कत्तिको फाइदा पुर्‍याउँछ, त्यो हेर्न बाँकी नै छ ।

The post बक्स अफिसमा ‘ट्यूबलाइट’को खराब सुरुवात, तीन दिनमा कति कमायो ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles