काठमाडौं, ५ असार । अभिनेत्री प्रियंका कार्की कुनै न कुनै विषयबस्तुका आधारमा मिडियामा छाउने गरेकी छिन् । नेपाली फिल्मी संसारमा उनी व्यस्त अभिनेत्री हुन् । जति फिल्मी क्षेत्रमा उनको व्यस्तता छ, त्यति नै पर्दाबाहिरको बजारमा पनि उनको चर्चा हुन्छ । खासगरी विभिन्न प्रकारका मिडियामा दिएका अन्तरवार्ता, सामाजिक सञ्जालका टिप्पणी र चलेका हल्लाको क्रियाप्रतिक्रियाले प्रियंकाका अनेक किस्सा छन् ।
शुक्रबार साप्ताहिकले राखेको सेक्स संवादमा उनले डाइनिङ टेबलमा गरेको सेक्स आनन्ददायी हुने बताएपछि एकपटक बजार हल्लिएको थियो । यसरी बजार हल्लाउने उनका किस्सा थोरै छैनन् । तर, केही चर्चामा रहेका किस्साहरूको निरन्तरताका क्रममा उनको नयाँ प्रेम पनि हो । चपली हाइट–२ मा अभिनय गरेका आयुष्मान देशराज श्रेष्ठसँगको प्रेम र एनएफडीसी अवार्डमा उनीहरूको किस किस्सा अहिले बजारको तातो बहस बनिरहेको छ । प्रियंकाबारेका केही हल्ला यस्ता छन् ।
–प्रियंका कार्की लेस्बियन हुन् भन्ने चर्चा पनि निक्कै लामो समय चलेको थियो । उनी र केकी अधिकारीबीचको सम्बन्धलाई लिएर फिल्मि दुनियाँको एउटा घेराभित्र यो चर्चा लामो समय चलेको थियो । सामाजिक सञ्जाल फेसबुकमा केकी अधिकारीसँगै एउटै वेडको तस्बिर सार्वजनिक भएपछि यो हल्ला बाहिर आयो । तर, यसबारेको तथ्य प्रमाणित हुन सकेन ।
–प्रियंका अवसरवादी युवती हुन् भन्ने चर्चा अहिले पनि चलिरहेको छ । उनको वैवाहिक जीवनको सुरुआती दिनहरू अवसरका खोजीमा अमेरिकामा वितेका थिए र पछिल्ला दिन पनि फिल्मी दुनियाँमा उनको यस्तै सम्बन्ध रहीआएको चर्चा चलिरहेको छ । प्रेमी रोचक मैनालीसँग विवाह गरी अमेरिकाको ग्रिनकार्ड लिएको र स्वार्थ पुरा भएपछि छाडेको भन्ने टिप्पणी पनि भयो । तर, संघर्षको मैदानमा नेपाल फर्किएर उनी काममा लगनशील हुनुले यी सवै तर्कहरू बलिया सावित भएनन् ।
–फिल्मी संसारमा उनलाई एकथरीले मिलनसार भनी बताउँछन् । तर, अर्काथरीले उनको सम्बन्धका बारेमा निक्कै टिप्पणी गरेका थिए । केही समय उनलाई दयाहाङ राईसँगको निकटताको सम्बन्धलाई आधार बनाएर ‘प्रेम’ नै रहेको दाबी समेत गरेका थिए । कतिपयले उनको सम्बन्ध दिपकराज गिरीसम्ममा लगेर जोडे । तर, उनले यी सवै सम्बन्धलाई साथीको संज्ञा दिएर नकारिन् ।
–प्रियंकालाई आर्थिक अपचलनको अभियोग पनि लाग्यो । उनले भूकम्पपीडितको नाममा पैसा उठाएर ४० लाखको टक्सन गाडी चढेको अभियोग पनि लाग्यो । तर, उनले यसलाई सामाजिक सञ्जालमार्फत खण्डन गरीन् । उनले आफुले त्यस्तो नगरेको दाबी गरी मानिसको सोच्ने तरिकाका बारेमा पनि पाठ सिकाउने प्रयत्न गरेकी थिइन् ।
–सामाजिक सञ्जालमा उनीमाथि अभद्र टिकाटिप्पणी हुने विषयलाई लिएर पनि प्रियंका एक पटक चर्चामा आइन् । उनले अन्यका छोरीचेलीको उदाहरण दिँदै अभद्र, असहिष्णु शव्दको प्रयोग गर्नुलाई खराब मानसिकताका भनी टिप्पणी पनि गरिन् । धेरैले उनको मतमा समर्थन जनाए ।
–हङकङको एउटा कार्यक्रममा प्रियंकाले लगाएको कपडाको विषयमा पनि निक्कै टिप्पणी भयो । उनले त्यसको पनि खण्डन् गरेकी थिइन् । पहिरनका विषयमा आफुले लगाउने लुगाका विषयमा टिप्पणी नगर्न भन्दै उनको कडा अभिव्यक्ति आएको थियो । उनले कालो खैरो रङगको क्लिभेज सरल देखिने वानपिस लगाएकी थिइन् । जुन शैलीको पहिरन उनले भर्खरै अवार्ड कार्यक्रममा पनि लगाएर आएकी थिइन् ।
The post प्रियंकाका डाइनिङ टेबल सेक्सदेखि ‘किस’ किस्सासम्म appeared first on Sajha Post.