बलिउड । कहिलेकाही बलिउड सेलिब्रिटीहरुबारे यस्तो हल्ला चल्छ जसले मानिसलाई अन्योलमा पार्ने काम गर्छ कतिपय सामाजिक सञ्जालमा त उनीहरुको मरोको घोषणा समेत हुने गरेका छन् । यस्ता हल्लाको शिकार भएका छन् केही बलिउड सेलिब्रिटीहरु ।
अमिताभ बच्चन
झुटो मरेको हल्लाको शिकार भए बलिउड बिग बि अमिताभ बच्चन । अमेरिकामा भएको एक दुर्घटनामा परि अमिताभ बच्चनको मृत्यु भएको हल्ला भाइरल भएको थियो । उनी विरामी पर्दाको तस्बिर जतिबेला उनलाई हस्पिटल लगिदै थियो त्यस फोटोको आधार मानेर पनि धेरैले उनको मृत्यु भएको मानेका थिए । पछि अमिताभ बच्चनले आफु त्यस्ता वाहियात कुराका कारण खुसी नभएको र यस्ता कुराहरु देखि आफु परै रहन चाहेको बताएका थिए ।
रजनीकान्त
सन् २०११ मा लिजेण्डेरी एक्टर रजनीकान्त ऐलर्जीक ब्रोनकाइटिस्ट र भाइरल इनफेक्सनका कारण हस्पिटलमा भर्ना भए । तर, बाहिर उनी मरेको हल्ला चल्न थालेको थियो । टिवइटरमा ट्रेड नै चल्न थालेको थियो ।
जब समाचारले व्यापकता पाउन थाल्यो उनकी श्रीमतीले रजनीकान्त जिवितै रहेको पुष्टि गरेकी थिइन् ।
कटरीना कैफ
सन् २०१३ को नोभेम्बरमा एक फेसबुक पेजले कटरीना कैफ मरेको घोषणा गर्यो । उनका विश्वभरका फ्यानहरु आश्चर्य चकित परे । अचानक र असामाहिक निधन भएको भन्दै धेरैले दुःख समेत व्यक्त गरे । तर, पछि सोही पेजले कटरीना जिवित रहेको र स्वस्थ रहेको जानकारी गराएको थियो । उक्त पेज सामाचार झुटो भएको समेत स्विकार गरेको थियो ।
आयुषमान् खुराना
अभिनेता, गायक, भिजे आयुषमान खुराना पनि यो हल्लाको शिकार भए । अभिनेताको पारिवारिक भ्रमणका क्रममा मृत्यु भएको खबर बाहिर आएको थियो । पछि आयुषमान स्वयमले नै आफु जिवित रहेको पुष्टि गरेका थिए ।
The post जब यी बलिउड कलाकारहरु मरेको हल्ला फैलियो appeared first on Sajha Post.