बलिउड । अक्षय कुमारलाई खिलाडीको नामले धेरैले चिन्छन् । उनी प्रेमसम्बन्धमा समेत खेलाडी रहेको एक अभिनेत्रीले बताएकी थिइन् । उनी हुन् अक्षय कुमारकी पुर्व प्रेमिका रविना टण्डन । अक्षय कुमार र रविना टण्डनको भेट सन् १९९४ मा आएको फिल्म ‘मोहरा’ मा भएको थियो । त्यसपछि सुरु भएको उनीहरुको प्रेम कहानी चर्चामा रह्यो ।
रविनाले एक अन्तार्वातामा भनेकी थिइन्,‘अक्षय र मैले एक मन्दिरमा सुटुक्क इन्जेगमेन्ट गरेका थियौ ।’ उनीहरुको ब्रेकअप पश्चात आफ्नो विश्वास नै अक्षयका लागि सबैथोक भएको रविनाले बताएकी थिइन् ।
त्यही अन्तर्वार्तामार्फत उनीहरुबीच गहिरो प्रेम रहेको समेत पुष्टि भएको थियो । तर, रविनासँग सुटक्क इन्गेजमेन्ट गरेका अक्षयले अरु दुई युवतीसँग पनि इन्गेजमेन्ट गरेको रहस्य बाहिर आएको थियो ।
यो रहस्य बाहिर ल्याउने पनि रविना टण्डन नै थिइन् । फिल्म कपुतसम्म उनीहरुको सम्बन्ध रह्यो । तर, त्यसपश्चात अक्षयले ठुलो फैसला लिदै टिवइकल खन्नासँग विवाह गरे भने रविनाले फिल्म डिस्ट्रिव्यटर अनिल थडानीसँग विवाह गरेकी थिइन् ।
The post अक्षय कुमारले यसरी धोका दिए रविना टण्डनलाई appeared first on Sajha Post.