Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कपिललाई झड्का, सलमानले सुनील ग्रोवरलाई सघाउने !

$
0
0

एजेन्सी, २६ जेठ । भारतीय कमेडियन स्टार कपिल शर्मालाई ठूलो झड्का लागेको छ । दिनानुदिन ओरालो यात्रा गरिरहेका कपिललाई सलमानको निर्णयले झनै अप्ठेरो पर्ने भएको हो ।

उता कपिलको दुर्व्यवहारबाट वाक्क भएर ‘द कपिल शर्मा शो’ बाट अलग्गिएका सुनील ग्रोवरलाई सलमान खानको साथ मिल्ने पक्का भएको छ । सलमान खानको फिल्म ‘ट्युबलाइट’ ले सुनीलको करियरमा पनि उज्यालो दिने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

सोनीले सलमानलाई ‘द कपिल शर्मा शो’ मा ल्याउनुको साटो सुनीलसँग नयाँ शो बनाउने निर्णय गरेका हुन् ।

आगामी इदमा रिलीज हुने फिल्म ‘ट्युबलाइट’ को महाएपिसोडमा सलमानले सुनीललाई अवसर दिने भएका छन् । सोनी च्यानलबाट प्रशारण उक्त शोमा सुनील ग्रोवरको साथमा अली अस्गर पनि हुने निश्चित भएको छ । सुनील यो शोमा डाक्टर महसुर गुलाटीकै भूमिकामा देखिनेछन् ।

सुनील ग्रोवरको सहयोगमा सोनी च्यानलबाटै आफ्नो शो सुरु गर्दै फिल्मको प्रचार गर्न सलमानले अहिले विशेष तयारी गरिरहेका छन् ।

The post कपिललाई झड्का, सलमानले सुनील ग्रोवरलाई सघाउने ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles