एजेन्सी, २६ जेठ । बलिउड अभिनेत्री पूजा बेदीकी छोरी आलिया अब्राहम अहिले चर्चा र विवादमा तानिएकी छन् । उनी अभिनेत्रीको रुपमा बलिउडमा भित्रिने भएपछि उनको चर्चा चुलिएको हो । चर्चा चुलिनुको पछाडि उनको बलिउड यात्रा मात्रै होइन, उनको तस्बिर पनि हो ।
पछिल्लो समय बिकिनीमा फोटो सुट गरेर उनले इन्स्टाग्रामसहितका सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि उनको चर्चा चुलिएको हो भने उनी केही विवादमा पनि तानिएकी छन् ।
कतिपयले उनको तस्बिरलाई मिडियालाई आफूतिर आकर्षित गर्ने हतियारको रुपमा टिप्पणी गरेका छन् । आलियाका आमा पूजा बेदीले पनि आफ्नो समय बिकिनीमा फोटो सुट गरेर चर्चा कमाएकी थिइन् ।
आफ्ना हजुरबुबा कविर बेदी र आमा पूजा बेदीले अभिनयबाट कमाएको चर्चाको बिँडो थाम्पन उनी आतुर छिन् । सुन्दर युवतीको रुपमा छवि बनाएकी आलिया अहिले राम्रो फिल्मको प्रतिक्षामा छिन् ।
अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबाट फिल्ममा ग्राजुएट आलियाको ठूलो ब्यानरको सशक्त सिनेमाबाट मात्र बलिउडमा इन्ट्री मार्ने प्रतिक्षामा रहेको अनुमान गरिएको छ ।
The post आलियाको बिकिनी सुट चर्चासँगै विवादमा appeared first on Sajha Post.