मुम्बई, २६ जेठ । बलिउडकी सफल अभिनेत्री प्रियंका चोपडाले एक पटक आत्महत्याको प्रयास गरेको खबर अहिले चर्चामा रहेको छ । व्यावसायी सफलता हात पार्न नसक्दा केही वर्ष अघि उनले यस्तो प्रयास गरेकी थिइन् ।
अहिले सफलताको शिखर चुम्न उद्दत प्रियंकाले बलिउडमात्रै होइन हलिउडमा पनि आफ्नो प्रभाव बलियो बनाएकी छिन् ।
१७ वर्षको कलिलो उमेरमा मिस वल्र्डको ताज चुमेकी प्रियंका सम्भवतः त्यति सानै उमेरमा विश्वविख्यात बन्न सफल हुने थोरै सेलिब्रेटीमा पर्छिन् ।
प्रयंकाले सन् २००३ देखी बलिउडमा करिअर सुरु गरेकी हुन् । मेहनत बिना केही सम्भव छैन भन्ने उनले साबित गरेकी छन् । यसको श्रेय उनी आफैंलाई दिन्छिन् । ‘मेरो सफलताको पछाडि कोही छैन, मेरै मेहनतले सम्भव भएको हो’, उनले भनिन्,‘हात्ती लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ । गन्तव्यमा पुग्न लगातार मेहनत गरिरहनुपर्छ ।’
अमेरिकी टीभी सिरिज ‘क्वान्टिको’मा काम गरेपछि आफुले परम्परागत सोच त्यागेको बताएकी छन् । यही अमेरिकन टीभी सोबाट उनले विश्वव्यापी रूपमा ख्याती कमाएकी हुन् । आफू भारतीय परम्परागत सोचबाट बाहिर आउन चाहेको र बलिउडले यस्तो सोच त्याग्नुपर्ने तकै समेत गरेकी छन् । उनी युवाहरूले संसारको जुनै पनि कुनामा गएर आफुहरूले चाहेबमोजिम काम गर्न पाएमात्रै उनीहरू सशक्त हुन्छन् भन्ने विचार राख्छिन् ।
The post प्रियंका चोपडाले गरेकी थिइन् आत्महत्या प्रयास appeared first on Sajha Post.