एजेन्सी, २१ जेठ । साथीबाट दुस्मन र दुस्मनबाट फेरि साथी बनेका सलमान र शाहरुख खानले “करण अर्जुन”, “कुछ कुछ होता हे”, “हम तुम्हारे हे सनम” जस्ता फिल्ममा सँगै काम गरिसकेका छन् ।
तर उनीहरुले सँगै काम नगरेको १० वर्ष भइसकेको छ । वर्षौँसम्म बोलचाल नभएका यी अभिनेताहरु अहिले फेरि साथी भएका छन् र यसका साथै सलमानको आउँदो फिल्म ट्यिुबलाइटमा सँगै देखिने पनि भएका छन् ।
वास्तवमा यस फिल्ममा शाहरुखले गेस्टको रुपमा छोटो भूमिका खेल्ने भएका छन् । सलमानले पनि शाहरुख उनको फिल्ममा सँगै देखिने कुराले निकै खुसी भएको बताउँदै आएका छन् । शाहरुख जस्तो व्यक्तित्व भएको व्यक्ति फिल्मले मागेपछि उनले गस्टको रुपमा भएपनि फिल्ममा देखिन मानेकोमा सलमान उनीप्रति आभार रहेको उनले बताएका थिए ।
यस फिल्ममा सलमानसँग उनका भाइ सोहिल खान पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । सलमान बलिउडमा जति सफल छन् त्यतिको सफलता उनका भाइहरु सोहिल र अरबाजले हासिल गर्न सकेनन् । यसप्रति सलमानले दुःख व्यक्त गर्दै यसको सम्पूर्ण जिम्मेवारी आफुले लिने बताएका छन् । यसमा उनको दोष रहेको उनले स्वीकारेका छन् ।
उनले भने, ‘मैले फिल्ममा काम गर्न सुरु गरेको धेरै पछाडि मात्र उनीहरुले बलिउडमा प्रवेस गरेकाले हामीहरुबीच समान लेभल आउन सकेन । सलमान भन्छन् उनीहरुले राम्रो रोल पाए भने म रिसाउछु भन्ने सोचेर उनीहरुले राम्रो फिल्म खेलेका छैनन् । मलाई थाहा छ उनीहरुको करिअर बिग्रिनुमा मेरो पनि दोष छ ।’ तर यस प्रति उनका भाइहरुले निर्देशकहरुसँग कहिल्यै रुष्ट भएनन् । इदमा रिलिज हुन लागेको उनको फिल्म टियुबलाइटले बाहुबलीको रेकर्ड तोड्ने बारे अहिले विभिन्न अनुमान लगाइएको छ ।
सलमानले पनि आफ्ना लागि बक्स अफिसले धेरै महत्व बोकेको बताएका छन् । ‘फिल्मले राम्रो कमाइ गर्न सकेन भने सबैको मेहेनतमा प्रश्न उठ्छ कि आखिर फिल्ममा के गल्ती भयो । यस्तो अवस्थामा अर्को फिल्म साइन गर्दा पनि निकै सोच विचार पुर्याएर चिन्ता लिनुपर्ने हुन्छ,’ उनले भने । उनले आफ्नो फिल्म सफल भएकोमा समयले साथ दिएको बताएका छन् । उनको फिल्म टियुबलाइट २५ जूनमा रिलिज हुने भनिएको छ ।
The post सलमान हिट भएपछि खतम भयो यिनको करिअर appeared first on Sajha Post.