Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

नयाँ फिल्मका लागि संजयको नयाँ लुक

$
0
0

मुम्बई, ९ जेठ । संजय दत्त एक पटक फेरि ग्याङस्टरको भूमिकामा पर्दामा आउने तयारी गरिरहेका छन् । तिगमांशु धुलियाको हिट सिरीज साहिब, बीबी और ग्याङस्टर को तेस्रो भागमा संजय फेरि ग्याङस्टर बन्ने भएका छन् ।

यस फिल्ममा उनको परिवर्तित लुक्स भने उनी आफैँले सामाजिक सञ्जालमा शेयर गरेका छन् । संजयले आफ्नो इंस्टाग्राम अकाउन्टमा यी तस्वीरहरु शेयर गरेका हुन् ।

उनको नयाँ लुकमा उनलाई भिन्दै देखिएको छ । उनले आफ्नो कपाललाई छेउछेउमा छोटो पारेर त्यसमा डिजाइन बनाएका छन् । उनको यो लुक युवकहरुबीच निकै चर्चित हुन सक्ने अनुमान गरिएको छ ।

संजयले यो फिल्मको सुटिङ अगस्टबाट गुजरातमा सुरु गर्ने बताएका छन् । अहिले भने संजय फिल्म टोरबाज को सुटिङमा व्यस्त छन् । उनको अर्को फिल्म भूमि २२ सेप्टेम्बर रिलिज हुने तयारीमा रहेको छ । यसमा उनीसँग अदिति राव हैदरी मुख्य भूमिकामा देखिने छिन् ।

The post नयाँ फिल्मका लागि संजयको नयाँ लुक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles