एजेन्सी । हालै रिपब्लिकन पार्टी अफ इंडियाको महिला शाखाले सनी लियोनीको कण्डमको विज्ञापनको विरोध जनाएको थियो र त्यसको प्रतिबन्धको माग गरेको थियो । महिला शाखाका अनुसार सनी लियोनीको उक्त विज्ञापन देखेर महिलाहरुले निकै लाज मानेका थिए ।
यस विवादमाथि सनी लियोनले मुख खोलेकी छन् । एक अन्तरवार्तामा सनीले भनेकी छन्, ‘भारतमा स्वतन्त्र रुपमा बोल्न पाउनु महान् कुरा हो । यदि मानिसहरु मेरो विरुद्ध आवाज उठाउन चाहन्छन् भने उठाउन सक्छन् । अझ सरकारले समेत यसबारेमा निर्णय गर्न सक्छ कि मानिसका लागि के सही हो ।’
उक्त पार्टीका महिला शाखाका अनुसार टिभी च्यानलमा देखिने यस प्रकारको विज्ञापनले घरेलु महिलाहरुमा असहज स्थिति पैदा गरेको छ र परिवारसँग बसेर टिभी हेर्न नसकिने अवस्था छ ।
सनी लियोनसँग अहिले करिक १० वटा विज्ञापन छन् र उनका अनुसार उनी जुन चीजमा विश्वास राख्छिन्, त्यसलाई समर्थन गर्छिन् । सनीले भनिन्, ‘जब मैले कुनै ब्राण्डका लागि हस्ताक्षर गर्छु, त्यसको नैतिक जिम्मेवारी पनि लिने गर्छु । यो पनि विल्कुल त्यस्तै नै छ । बच्चा जन्माएर संसारमा ल्याउन । कुनै पनि दम्पतीले परिवारको योजना तब बनाउँछन् जब बच्चाको जिम्मेवारी सम्हाल्नका लागि सक्षम हुन्छन् ।’
उता फिल्ममा पनि सनी लियोन ‘नूर’, ‘बादशाहो’ र ‘तेरा इंतजार’ जस्ता फिल्ममा देखिने छिन् ।
The post कण्डम विज्ञापनबारे सनी लियोनीले दिइन् यस्तो जवाफ appeared first on Sajha Post.