काठमाडौं, १८ चैत । ‘झुम्कावाली’ र ‘चल बतास चल’को अपार सफलतापछि गायक प्रमोद खरेलको ‘लाइदेउन मायाले’ बोलको गीत युट्ववमार्फत सार्वजनिक भएको छ । ९ महिनाको अन्तरमा नयाँ भिडियो लिएर आएका प्रमोदले नायिका प्रियंका कार्कीसँग अभिनय गरेका छन् ।
शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको भिडियोलाई रंग पत्रकार शुब्रत आचार्यले निर्देशन गरेका हुन् भने गीत डिपी खनालका शब्द शृजना र राजनराज शिवाकोटीको संगीतमा तयार भएको हो । जसको संगीत संयोजन शाह शाक्यले गरेका हुन् । भिडियोलाई दिक्षा क्रियशनले बजारमा हो ।
भिडियो हेर्नुहोस्:
The post प्रियंकासँग प्रमोदको रोमान्स (भिडियोसहित) appeared first on Sajha Post.