Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कटप्पाको खुलासा : यस व्यक्तिले दिएका थिए बाहुबली मार्न निर्देशन

$
0
0

एजेन्सी । ‘बाहुबली’ रिलिजपछि सबैको मनमा यो प्रश्न उठ्यो कि आखिर कटप्पाले बाहुबलीलाई किन मारे ? अनेकौं प्रयासका बाबजुद् पनि यस प्रश्नको जवाफ मिल्न सकेको छैन । तर कटप्पा अर्थात् अभिनेता सत्यराजले यस विषयमा मुख खोलेका छन् । उनले त्यस व्यक्तिको नाम खुलासा गरेका छन्, जसको निर्देशनमा उनले बाहुबलीलाई मारेका थिए ।

‘बाहुबली २’ को प्रोमोशनको क्रममा मानिसहरुले कटप्पा अर्थात् सत्यराजलाई सोधेका थिए कि आखिर बाहुबलीलाई किन मारियो ? प्रश्न भुँइमा खस्न नपाउँदै कटप्पाले भने कि फिल्मका निर्माता शोभू र प्रसाद सरले बाहुबलीलाई मार्नका लागि मोटो रकम दिनुका साथै निर्देशक एसएस राजमौलीले पनि बाहुबली मार्न निर्देशन दिएकाले आफूले बाहुबली मारेको खुलासा गरे ।’

यस्तो जवाफ सुनेर दर्शकहरुले तालीले स्वागत गरेका थिए । उनी यतिमै रोकिएनन् र भने, ‘प्रभास (बाहुबली) मलाई मनपर्छ र म उसलाई कसरी मार्न सक्छु ।’

फिल्ममा कटप्पा बाहुबलीको अंगरक्षक हुन्छन् तर कुनै खास कारण उनले बाहुबलीलाई मारिदिन्छन् । फिल्ममा बाहुबलीलाई कटप्पाले मारेको दृश्य देखेपछि दर्शकहरुमा एक प्रकारको झट्का लागेको थियो । त्यसपश्चात सबैले यो सोचे कि आखिर कटप्पाले बाहुबलीलाई किन मारे ? अब यस प्रश्नको जवाफ फिल्मको सिक्वेल ‘बाहुबली २’ रिलिजपश्चात हुनेछ ।

‘बाहुबली २’ मा मानिसहरुको जवाफ मिल्नेछ । फिल्ममा प्रभास र सत्यराजका अलवा राणा डग्गूबती, अनुष्का शेट्टी र तमन्ना लगायका कलाकारको मुख्य भूमिका रहेको छ ।

The post कटप्पाको खुलासा : यस व्यक्तिले दिएका थिए बाहुबली मार्न निर्देशन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles