एजेन्सी । बलिउडमा नाम परिवर्तन गरेर आफ्नो फिल्मी पहिचान बनाउने मध्ये अक्षय कुमार पनि एक हुन् । अक्षय कुमारले किन नाम फेरे त ? उनले ३० वर्षपछि यसको राज खोलेका छन् ।
एक अन्तरवार्तामा अक्षय कुमारले भनेका छन्, ‘मेरो पहिलो फिल्म आज (१९८७) महेश भट्टले निर्देशन गरेका थिए । फिल्ममा कुमार गौरवको मुख्य भूमिका रहेको थियो र फिल्ममा उनले निर्वाह गरेको चरित्रको नाम थियो अक्षय ।’
फिल्ममा अक्षयको भूमिका मात्र साँढे चार सेकेण्ड थियो । जसमा उनी कराँते प्रशिक्षकको भूमिकामा थिए । उनी कुमार गौरवलाई ध्यान दिएर हेरिरहन्थे र एकदिन उनले अदालत गएर आफ्नो नाम राजीव भाटियाबाट अक्षय कुमार राखे । सायद उनलाई कुमार गौरवको भूमिका अक्षय मन परेको थियो । अथवा उनले कुमार गौरवबाट प्रेरणा पाए ।
अक्षयका अनुसार उनी एकदिन बांद्रा कोर्ट गए र नाम परिवर्तन गरे । फेरिएको नाममा नै उनले भिजिटिङ कार्ड बनाए । त्यसपछि लगातार उनलाई भाग्यले साथ दिइरह्यो ।
The post तीस वर्षपछि खोले अक्षय कुमारले जिन्दगीको यस्तो राज appeared first on Sajha Post.