मुम्बई । कपिल शर्मा र सुनिल ग्रोवरको झगडाको कारण चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ बन्द हुने खतरामा पुगेको बताइएको छ । झगडाको कारण कपिल शर्मा र सुनिल ग्रोवरबीच सम्बन्ध चिसिएको छ । अझ अब उक्त कमेडी शो बन्द हुनसक्ने चर्चा चलिरहेको छ । तर यसको कुनै आधिकारिक पुष्टि भने भइसकेको छैन ।
खबरका अनुसार उनीहरुबीच लगातार विवाद बढेका कारण सोनी च्यानलले शो बन्द गर्नेबारे सोचिरहेको छ । बताइएअनुसार अर्को महिना यस शो को नवीकरण हुनुपर्छ तर कलाकारबीच झगडाका कारण च्यानलले यस शो लाई हटाउने पक्षमा छ । यद्यपी च्यानलले आधिकारिक बयान भने दिइसकेको छैन । यदि ‘कपिल शर्मा शो’ को नवीकरण नभएमा शो बन्द हुनेछ र कपिलले नयाँ विकल्प निकाल्नु पर्नेछ ।
The post कपिल-सुनिल झगडाका कारण शो बन्द हुनसक्ने appeared first on Sajha Post.