मुम्बई । भारतीय चर्चित कमेडियन कपिल शर्माद्वारा संचालित ‘द कपिल शर्मा शो’ मा एकसाथ देखिएका कपिल शर्मा र सुनिल ग्रोवरबीचको विवाद बढिरहेको छ । यी दुईको विवादको खबरपश्चात कपिल शर्माले सफाई दिएका थिए । उनले फेरी माफी मागे, जब सुनिल ग्रोवरको जवाफ आयो ।
कपिल शर्माले स्विकारे सुनिलसँग भएको झगडा
कपिल शर्माले ट्विट गर्दै भनेका छन्, ‘पाजी, माफ गर र मैले अन्जानमा तिमीलाई दुख पुर्याएँ । तिमीलाई राम्ररी थाहा छ मैले कति माया गर्छु भनेर । म पनि दुखी छु । तिम्रो लागि सँधैं माया र सम्मान ।’
उता, सुनिलबाट पनि जवाफ आएको छ । उनले कपिल शर्मालाई ट्याग गर्दै एक ट्विट गरेका छन् । उनले लेखेका छन्, ‘भाइ जी, तपाईले मलाई दुख पुर्याउनु भयो । तपाईसँग काम गरेर मैले धेरै कुरा सिकेँ । तपाईलाई मात्र एक सल्लाह-जनावर बाहेक मानिसलाई पनि सम्मान गर्न सुरु गर्नुहोस् ।’
उनले लेखेका छन्, ‘सबै तपाई जत्तिको सफल छैनन् । न त तपाई जत्तिको ट्यालेन्ट अरु कोही छन् । यदि सबै तपाई जति ट्यालेन्ट भए भने तपाईलाई सम्मान कसले गर्छ ? यसकारण अस्तित्वका लागि भए पनि केही कृतज्ञता राख्नुहोस् ।’
सुनिलले कपिललाई सल्लाह दिएका छन्, ‘यदि कोहीले तपाईको गल्ती बताइरहेको छ भने उसलाई गाली नगर्नुहोस् । र, यस्तो महिला जो तपाईको उचाईसँग कुनै पनि लिनुदिनु छैन भने पनि उसको अगाडि कुनै पनि नराम्रो बोल्नबाट बच्नुहोस् । यो मात्र संयोगबाट तपाईसँगै यात्रा गरिरहेकी छ ।’
सुनिल ग्रोवरले कपिललाई भनेका छन् कि उनी आफ्नो क्षेत्रमा सर्वश्रेष्ठ हुन् तर भगवानको जसरी व्यवहार गर्न हुँदैन ।
यो पनि पढ्नुहोस्
सुनिलसँग भएको झगडाबारे मुख खोले कपिलले
दुईतीन दिनदेखि मीडियामा कपिलको शोमा भूमिका निभाइरहेका सुनिल ग्रोवर (डा मशहूर गुलाटी) बीच विमानमा झगडा भएको थियो ।
सोमबार बिहान कपिल शर्माले आफैँ फेसबुकमा सारा मामलाको पर्दा हटाएका थिए । उनले लेखेका थिए, ‘जब म आफ्नो जिन्दगीको एक असल साथीसँग रमाइरहेको थिएँ, तब सुनिलसँग भएको झगडाको खबरले मलाई अचम्मित बनायो । केही भन्नुभन्दा यो खबर कहाँबाट आयो र यसको मनसाय के हो ? विमानमा हाम्रो झगडा भएको कसले देख्यो र यी सबै जानकारी कसले दियो ?’ कपिलले अगाडि थपे, ‘सुनिल र म सँगै खान्छौं, बाहिर घुम्न जान्छौं । म आफ्नो भाइलाई वर्षमा जम्मा एक पटक भेट्छु तर सुनिलसँग दिनहुँ भेट हुन्छ । हाम्रो अधिकांश समय सँगै बित्छ । म सुनिललाई निकै सम्मान गर्छु ।’
सुनिलसँग भएको झगडा स्विकार्दै कपिलले लेखेका छन्, ‘यो साँचो हो कि हामीबीच झगडा भएको हो तर कतै त्यहाँ असामञ्जस्य छ । हामी पनि सामान्य मानिस हौं । कलाकारको हिसाबमा म सुनिललाई निकै इज्जत गर्छु र ऊ मेरा लागि भाइ समान हो ।’
कपिलले मीडियाको दोस्रो महत्वपूर्ण कुरामाथि ध्यान दिनका लागि सल्लाह दिएका छन् । उनले लेखेका छन्, ‘के सुनिल र मेरो झगडा त्यति ठूलो हो कि मीडिया बाँकी सबै कुराहरु बिर्सिएर हामीमा ध्यान दिए । हामी दुवै परिवारसँग भन्दा पनि बढी एकअर्कासँग बिताउँछौं र झगडा त हरेक परिवारमा हुन्छ ।’
बिबिसी हिन्दीको सहयोगमा
The post यस्तो छ कपिल-सुनिल झगडाको नालीबेली, कसले के भने ? appeared first on Sajha Post.