एजेन्सी । पछिल्लो केही दिन अगाडि करण जोहरले सेरोगेसीमार्फत बच्चा अपनाएका कारण उनी यतिबेला चर्चाको शिखरमा छन् । त्यस्तै टिभी एक्टर गुरमीत चौधरी र देबिना बनर्जीले पनि बच्चा अपनाएका थिए । यसैबीच अब यो खबर बाहिर आइरहेको छ कि अभिनेत्री मंदिरा बेदीलाई पनि एक बच्चा चाहिएको छ । यसबारे मंदिरा बेदीकी पति राज कौशलले फेसबुकमार्फत खुलासा गरेका हुन् ।
मंदिरा बेदीका पति राज कौशलका अनुसार उनी पनि दुई बच्चालाई अपनाउन चाहन्छन् । यसका लागि उनीहरुले सहयोग समेत मागेका छन् ।
राजले लेखेका छन्, ‘मेरो छोरा वीर जब ६ वर्षको भयो, उसले सधैँ बहिनीको माग गरिरहेको हुन्छ । म र मंदिराले पहिले नै सोचिसकेका थियौं कि हामीले एक बच्चा अपनाउनुपर्छ । हामीले त उसको नाम समेत सोचिसकेका छौं । उसको नाम तारा हुनेछ ।’ राजले भने कि उनी नवजात बच्चा अपनाउन चाहँदैनन् । उनी दुईचार वर्षको बच्चा चाहन्छन् । जुन बच्चा कुनै पनि जाति, सम्प्रदाय वा रंगको हुन सक्छ ।
The post यस अभिनेत्री चाहन्छिन् धर्मपुत्री appeared first on Sajha Post.