काठमाडौं । अभिनेत्री एवं निर्देशक दीपा श्री निरौलाको जन्मदिनमा उनका सहयात्री अभिनेता दिपकराज गिरीले भावुक स्ट्याटस सहित शुभकामना दिएका छन् । लयात्मक शैलीमा लामो स्ट्याटस मार्फत दिपकले दीपालाई शुभकामना दिएका हुन् ।
आफुहरुको सहयात्राले ३० वर्ष पुरा गरेकोमा खुशी व्यक्त समेत व्यक्त गर्दै दिपकले भनेका छन्, ‘ म जस्तो अव्यवहारिक मान्छेलाई जीवन सिकाउने तिमी नै थियौै ।’
समाजका तिता प्रश्नहरु झेलेर गरेर आफुलाई साथ दिएको दिपकको भनाइ छ ।
हेर्नुहोस दिपकको स्ट्याटस :
हरेक वर्षझै आजको दिन मलाइ कसैसँग शब्दहरू सापटी माग्न मन लाग्छ
किनकि मेरा स्मरणमा रहेका शब्दहरूले तिम्रो गुणगानको भारी बोक्न सक्दैनन् !
मेरा हातमा रहेका हरेक उपलब्धिहरूमा तिम्रो नाम जो कुंदिएको छ
हेर्दा हेर्दै अब त ३० बर्ष पनि बितेछ !
तिमि धनियॉ बनेर आएकि थियौ र त
रामबिलास घर घरमा चर्चित बन्न पुगेको थियो !
टेलिभिजनको सानो पर्दा हूदै सिनेमा सम्मको कठिन यात्रामा तिमि थियौ!
म जस्तो अव्यवहारिक मानिसलाइ जीवन सिकाउने तिमि नै थियौ
आफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुशि हुने मान्छे पनि तिमि थियौ !!
समाजका तीता प्रश्नहरूको पिडालाइ झेलेर लगातार साथ दिने पनि त तिमि नै थियौ !!
यो तिमि भन्ने शब्द नभाको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र?
त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन , मेरो जस्तो लाग्छ
ह्याप्पी बर्थ डे टू यू होइन टू मी भन्न मन लाग्छ …
आफ्नो आँखामा आँसुको भारी बोकेर अरूको आँसु पुछ्ने
यस्तो अनमोल साथिलाइ जन्मदिनको लाखौ शुभकामना!!!