Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

रक्तिमको अध्यक्षमा बुढा र महासचिवमा शाही

$
0
0

बुटवल । रक्तिम सांस्कृतिक अभियानको अध्यक्षमा रुकुमका गिरि प्रसाद बुढा चयन भएका छन । बुटवलमा सम्पन्न रक्तिमको राष्ट्रिय भेलाले बुढाको अध्यक्षतामा केन्द्रीय समिति पुनर्गठन गरेको हो ।

उपाध्यक्षमा हेमराज आश्रम (काठमाडौं), महासचिवमा जीवन शाही (सुर्खेत), सचिवमा सबिन अर्गेजा (बागलुङ) र कोषाध्यक्षमा मोहराज चालिसे (चितवन) चयन भएका छन ।

सदस्यमा पिमलाल पुन (प्युठान), मेस्मा पुन (काठमाडौं), थुमराज ढुंगाना (बागलुङ), रबिना लिम्बु (झापा), दिलिप रसाइली (रुपन्देही), हिक्मत परियार(डोटी), बाबुराम आचार्य (कैलाली), विष्णु केसी (अर्घाखाँची), उषा तरामु मगर (गुल्मी), दानु सारु (कास्की), अनन्त आचार्य (दाङ), विशाल राई (सुनसरी), सुवर्ण भट्टराई (बारा) छन ।

राष्ट्रिय भेलाले आगामी चैत २४, २५ र २६ गते बुटवलमै चौथो राष्ट्रिय सम्मेलन गर्ने निणय गरेको छ । जीवन शर्मा, नारायण शर्मा, दलबहादुर बिक लगायतका रक्तिमका अगुवा कलाकार नेकपा मसालको विद्रोही समूह नेकपा मसाल समन्वय समितिसँग नजिक भएपछि मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले रक्तिममा नयाँ नेतृत्व ल्याएको हो ।

 


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles