Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘तडप तडपके इस दिल से आह निकलती रही’गाउने गायक अब रहेनन्

$
0
0

काठमाडौं । भारतका चर्चित गायक केके उर्फ कृष्ण कुमार कुन्नथको हृदयघातका कारण निधन भएको छ । कोलकातामा एक कन्सर्ट गरे लगत्तै अचानक अस्वस्थ भएपछि उनी ढलेका थिए । नजिकैको अस्पताल पुर्‍याउँदा चिकित्सकले केकेलाई मृत घोषणा गरेका थिए ।

५३ वर्षिय गायक केकेको हृदयघातका कारण मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्यपी यसबारे पोष्टमार्टमपछि बल्ल स्पष्ट हुनेछ । ९० को दशकमा बलिउडमा राज गरेका केकेले हजारौं गीत गाएका थिए । यस्तै उनी थुप्रै पुरस्कारबाट सम्मानित पनि भएका थिए ।

उनी दक्षिण भारतीय गायनमा पनि लोकप्रिय थिए । तडप तडपके इस दिल से आह निकलती रही, खुदा जाने, इट्स द टाइम टू डिस्को, और कोही कहे कहता रहे जस्ता दर्जनौ गीतका कारण केके लोकप्रियताको शिखरमा पुगेका थिए ।

के के यस्ता स्टार थिए जसका गीत कहिले पुरानो हुँदैनन् भनिन्छ ।  उनको निधनमा बलिउड शोकमा डुबेको छ ।

 


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles