Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

रणविर र आलियामा को बढी धनी ?

$
0
0

एजेन्सी, १७ साउन । रणविर कपुर र आलिया भाट अहिलेको समयमा स्टार कलाकार हुन् जसले सानै उमेरदेखि आफ्नो प्रतिभालाई प्रमाणित गर्दै आएका छन् । यी दुईजना चलचित्र ब्रम्हास्त्रमार्फत पहिलोपटक पर्दामा सँगै देखिँदै छन् ।

धेरैजसो समय यी दुईजनाको विवाहको हल्लाले पनि सामाजिक सञ्‍जाल तताउने गरेको छ । तर यस्ता खबर आजसम्म पुष्टि भने भएका छैनन् ।

रणविर र आलिया दुवैजना बलिउडका टप स्टार हुन् जसले एउटै चलचित्रबाट करोडौं रुपैयाँ कमाउने गर्दछन् । त्यसैगरी विज्ञापनबाट पनि उनीहरुले उतिकै कमाइ गर्ने गर्छन् ।

कपुर खानदानको प्यारो सन्तान रणविर कपुरको कुल सम्पति करिब ३२५ करोड भारतीय रुपैयाँ रहेको छ । मुम्बईमा रहेको घरसहित अन्य सम्पति मात्र उनको १६ करोड बराबरको रहेको छ ।

कपुर खानदान आफैंमा बलिउडको एक विलासी र धनी परिवार हो । यसको बाबजुद पनि रणविरले आफ्नै मिहिनेतले यति धेरै सम्पति कमाएका छन् । रणविर गाडीका पनि अत्यन्त सोखिन हुन् । उनीसँग रेड स्पोर्ट्स, रेन्ज रोभर मर्सिडिस बेन्जलगायतका गाडी छन् ।

त्यसैगरी आलियाको कुरा गर्दा उनले छोटो समयमै ठुलो सफलता हासिल गरेकी छन् । आलियाको कुल सम्पति १६५ करोड भारतीय रुपैयाँ रहेको छ । आलियाको मुम्बईको बान्द्रामा करिब ३२ करोड बराबरको घर रहेको छ ।

त्यसैगरी एउटा भेनिटि भ्यान हुनुका साथै लन्डनमा पनि एक घर रहेको छ । रणविरजस्तै आलिया पनि कारहरुको सोखिन छन् । उनीसँग रेन्ज रोभर अउडी बिएमडब्लुलगायतका गाडी छन् ।

दुवैजनाले विभिन्‍न विज्ञापनबाट पनि कमाइ गर्ने गर्दछन् भने विभिन्‍न ब्रान्डका एम्बास्डर समेत रहेका छन् ।

The post रणविर र आलियामा को बढी धनी ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles