मुम्बई । ‘पद्मावती’ फिल्मको शुटिङ गर्ने क्रममा शुक्रबार जयपुरमा निकै विरोध भयो । फिल्ममा रानी पद्मावतीलाई अलाउद्दीन खिलजीकी प्रेमिका बताएको र रानीसँग जोडिएका तथ्यहरु तोडमोड गरेर पेश गरेको आरोपमा लगाएर प्रदर्शनकारीहरुले भंसालीलाई थप्पड हाने । शुटिङको क्रममा जयपुरमा हंगामा मच्चिएको थियो ।
सिंहले भने कि ‘के उनको त्यत्रो हैसियत छ भने जर्मनी गएर हिटलरको फिल्म बनाउन् ।’ उनले थपे, ‘यी चिज जोधा अकबरसँग पनि भएको छ । जुन इतिहासमा भएको छैन भने त्यसलाई फिल्ममा देखाइनुहुन्न ।’
बताइएअनुसार भंसालीलको फिल्म ‘पद्मावती’ ले इतिहाससँग जोडिएको तथ्यभन्दा बाहिर गएर फिल्म बनाउन लागेको आरोप छ । विरोधको क्रममा शुटिङ सामाग्रीहरु पनि तोडफोड गरिएको थियो । यसपछि भंसालीले शुटिङ रोक्नुपर्यो । संजय लीला भंसालीविरुद्ध प्रदर्शनकारी खनिएपछि प्रहरीले भिड नियन्त्रण गरेको थियो ।
The post ‘के जर्मन गएर हिटलरको फिल्म बनाउने भंसालीको हैसियत छ ?’ appeared first on Sajha Post.