Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अच्युतको शब्दमा अञ्जुको आवाज- ‘धर्ती टेकी, आकाश हेरी’

$
0
0

नर्थ क्यारिलोना, १६ कात्तिक । सुक्ष्म जीवविज्ञानको प्राध्यापन र अनुसन्धानमा आफ्नो अन्तर्राष्ट्रिय छवि बनाएका प्राडा अच्युत शर्मा पछिल्लो समय नेपाली गीत संगीतमा उदाएका छन् ।

शर्माको ‘धर्ती टेकी, आकाश हेरी’ बोलको आधुनिक गीत विधामा लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा यु-ट्युबमार्फत् सार्वजनिक भएको छ । यो गीतमा संगीत खेम विश्वकर्मा र पुस्कर सुनुवारको रहेको छ भने संगीत संयोजन पुस्कर सुनुवारले गरेका छन् ।

मानव जीवनको दार्शनिक पक्षलाई उजागर गर्ने गरी सकारात्मक सोचका साथ गीतकार डा अच्युत शर्माले यो गीतको सिर्जना गरेका छन् । खुशी र आनन्द मानिसले आफैंभित्र खोजे मात्र पाउन सक्छ भन्ने मुल भाव रहेको यो गीतका लाइनहरु जति पटक सुन्यो त्यति गहिरो अर्थ दिने खालका छन् ।

सङ्गीतकारद्वय खेम-पुस्कर साङ्गीतिक बजारमा अर्थ न बर्थका गीतहरु हावी हुँदै गएको अवस्थामा यस्तो गम्भीर प्रकृतिको गीत आउनु निक्कै खुशीको कुरो भएको बताउँछन् ।

डा शर्माका यस अघि पनि राजेशपायल राई र हिमालसागरको स्वरमा राष्ट्रिय गीतहरू बजारमा आइसकेका छन् ।

The post अच्युतको शब्दमा अञ्जुको आवाज- ‘धर्ती टेकी, आकाश हेरी’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles