काठमाडौं, ३१ असार । विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचित भइरहेकी कलाकार एवम् निर्देशक दीपाश्री निरौलालाई माफी दिन महानायक राजेश हमालले अनुरोध गरेका छन् । मंगलबार मध्यरातमा फेसबुक मार्फत लाइभ आएर हमालले आफ्नो कुरा राखेका थिए ।
व्यक्तिगत तहबाट कुरा गर्दा, चलचित्र क्षेत्रमा उत्पन्न भएको यस्तो विवादले आफूलाई दुखित तुल्याएको उनले बताए । आफू आबद्ध कला तथा सिने क्षेत्रमा भएको वादविवाद र त्यसपश्चात् आरोप–प्रत्यारोपमा उत्रनु लज्जाको विषय भएको पनि उनले बताए ।
दीपाश्रीाप्रति मानवता देखाइदिन अनुरोध गर्दै हमालले कसैको मानवतामा आँँच नपुग्ने गरि आफ्ना अभिव्यक्तिहरु प्रकट गर्न अनुरोध गरेका छन् । फेसबुक लाइभभरि एकपटक पनि दीपाश्रीको नाम नलिएका उनले अन्त्यमा सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला भनेर दर्शकलाई भनेका छन् ।
दीपालाई इंगित गर्दै सुरुमा नै उनले ‘मेरा सहकर्मी’ भनेर सम्बोधन गरेका उनले दर्शकहरुको सल्लाह, सुझाव र भनाईले कला क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । चलचित्र क्षेत्र र दर्शकहरुबीचको सम्बन्ध अद्भुत रहेको समेत हमालले टिप्पणी गरे ।
दीपाश्रीले भने आफूले दिएको विवादास्पद अभिव्यक्तिका लागि यसअघि नै माफी मागिसकेकी छन् ।
The post दीपाश्रीलाई माफी दिन राजेश हमालको अनुरोध (भिडियोसहित) appeared first on Sajha Post.