काठमाडौं, २१ असार । नेपाली चलचित्र क्षेत्रमा पनि नातावादका विषयमा बहस चलिरहँदा नायिका एलिजा गौतमले नेपाली चलचित्र क्षेत्र पनि नातावाद र समुहवादबाट अछुतो रहन नसकेको बताएकी छन् ।
चलचित्र अनुरागबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन् । उनले क्षमतावान् व्यक्तिभन्दा पनि नातेदारहरुलाई चलचित्र क्षेत्रमा अवसर दिइने प्रवृत्ति बढ्दै गएको बताएकी छन् ।
पहिलो चलचित्र अनुरागले अपेक्षाकृत प्रदर्शन नगरे पनि उनले हिम्मत नहारेको बताएकी छन् ।
आफू पनि नातावादको शिकार भएको गुनासो गरेकी उनले विवाहित भएकै कारण कतिपय चलचित्रमा अवसर नदिइएको बताएकी छन् । ‘राम्रै चलचित्रबाट अफर आएपनि म विवाहित भएका कारण रातारात हिरोइन परिवर्तन गरिन्छ’, उनले भनिन् ।
आर्थिक अवस्था कमजोर भएका, नयाँ कलाकार र क्षमतावान् व्यक्तिलाई चलचित्र वा मनोरञ्जन क्षेत्रमा अवसर दिन एलिजाले निर्माता तथा निर्देशकसमक्ष आग्रह गरेकी छन् । चलचित्र क्षेत्रमात्र नभई अन्य क्षेत्रमा पनि नातावाद रहेको बताउँदै उनले त्यस्तो प्रवृत्ति हट्नुपर्नेमा जोड दिएकी छन् ।
नातावाद र समूहवादको प्रवृत्तिलाई अन्त्य गर्न नसके नेपाली चलचित्र क्षेत्र पनि बलिउडको खान र कपुर जस्तै हुनसक्ने तर्क पनि उनले गरेकी छन् ।
The post धमलापत्नी एलिजाको गुनासो – म पनि नातावादको शिकार भएकी छु appeared first on Sajha Post.