एजेन्सी, १८ असार । इन्स्टाग्राम पोष्टबाट सबैभन्दा धेरै कमाउने भारतीय सेलेब्रेटी हुन विराट कोहली । उनले एक इन्स्टाग्राम पोष्ट बाट २ लाख ९६ हजार डलर (२ करोड भन्दा बढी भारतीय रुपैयाँ) कमाउछन । त्यस्तै दोस्रोमा छन् प्रियंका चोपडा । उनले एक इन्स्टाग्राम पोष्ट बाट २ लाख ८९ हजार डलर (२ करोड भारतीय रुपैयाँ) कमाउँछिन् ।
सोसल मिडिया कंम्पनी ‘हाँपर एचक्यू डटकम’ले हालै जारी गरेको इन्स्टाग्राम रिच लिस्ट २०२० मा विश्वका १०० जना सेलीब्रेटी परेका छन । त्यसमध्ये भारतबाट जम्मा दुई जना परेका हुन, विराट र प्रियंका ।
विराट कोहली लिस्टको २६औं र प्रियंका चोपडा लिस्टको २८औं नम्बरमा रहेका छन् । यो लिस्टको पहिलो नम्बरमा भने ड्वैन जोनसोन रहेका छन् । उनले एक पोष्ट बराबर दश लाख पन्ध्र हजार डलर कमाउँछन् ।
सबै भन्दा धेरै कमाउने जोनसोनको इन्स्टाग्राममा १८८ मिलियन फलोअर्सहरु रहेका छन् । जोनसोनले इन्स्टाग्राममा ‘द रक’ को नाममा खाता खोलेका छन् । यता विराट कोहलीको ६६ मिलियन र प्रियंका चोपडाको ५४ मिलियल फलोअर्स रहेका छन् ।
The post इन्स्टाग्राममा गरेको एक पोष्टबाट २ लाख डलर ! appeared first on Sajha Post.