मुम्बई । बलिउड सेलिब्रेटी करण जोहरको किताब ‘एन अनस्यूटेबल ब्याइ’ हालै सार्वजनिक भएको छ । करणले आफ्नो किताबमा सेक्ससँग सम्बन्धित हरेक कुराहरु समावेश गरेका छन् ।
करण आफैंले एक अन्तरवार्तामा आफूले १६ वर्षको उमेरमा नै भर्जिनिटी गुमाएको बताएका थिए । बलिउड सेलिब्रेटीको भर्जिनिटीको बारेमा बेलाबेलामा मिडियामा खबर आइरहेको हुन्छ । बलिउडमा यस्ता केही नाम छन् जसले कम उमेरमा नै आफ्नो भर्निनिटी गुमाएका थिए ।
एक पत्रिकाका लागि दिएको अन्तरवार्तामा बलिउड अभिनेता रणबीर कपूरले आफ्नो भर्जिनिटीलाई लिएर अचम्मको खुलासा गरेका थिए । उनका अनुसार उनले पन्ध्र वर्षको उमेरमा गर्लफ्रेण्डसँग पहिलोपटक यौनसम्पर्क गरेका थिए ।
पोर्न मुभी हुँदै बलिउडमा रमाएकी अभिनेत्री सनी लियोनले एघार वर्षको उमेरमा किस गरेकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले पनि १६ वर्षको उमेरमा भर्जिनिटी गुमाएकी थिइन् ।
बलिउडकी अर्की स्लाइलिस अभिनेत्री शिल्पा शेट्टीले एक शो ‘बिग ब्रदर’ मा आफु पहिलोपटक २२ वर्षको उमेरमा रिलेशनसिपमा परेको बताएकी थिइन् । सोही बखत भर्जिनिटी पनि गुमाएको हो भन्ने प्रश्नमा उनी मुस्कुराइन मात्र ।
रणवीर सिंहले केही दिन अगाडी आफ्नो भर्जिनिटीको विषयमा बोलेका थिए । उनले भनेका थिए, ‘मैले १२ वर्षको उमेरमा आफ्नो भर्जिनिटी त्यागेको थिएँ । मैले माया अथवा वासनाका लागि यौन सम्बन्ध बनाएको थिइनँ कि मात्र जिज्ञासाका लागि ।’
त्यस्तै हलिउड अभिनेत्री एंजेलिना जोली, किम कार्दशियन र ब्रिटनी स्पीयर्सले १४ वर्षको उमेरमा भर्जिनिटी गुमाएको बताइएको छ ।
हलिउडका टप अभिनेता जोनी डेप पनि यस लिस्टमा समावेश छन् । उनले १३ वर्षको उमेरमा कारमा भर्जिनिटी गुमाएका थिए ।
The post रणबीरले १५ मा त सनीले १६ वर्षको उमेरमा गुमाएका थिए भर्जिनिटी, अरुले कतिमा ? appeared first on Sajha Post.