Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

ट्वीटरलाई बाईबाई गरेपछि सोनाक्षी भन्छिन्- यहाँ केवल एक विजेता छ र त्यो म हुँ

$
0
0

मुम्बई, ८ असार । सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा ठूलो हंगामा मच्चिएको छ । बलिउडमा प्रचलित परिवारवाद र गुटबन्दीलाई नै उनको आत्महत्याको मुख्य जिम्मेवार मानिएको छ र विभिन्न कलाकारहरुलाई आरोप पनि लगाइएको छ ।

यसैबीचमा अभिनेत्री सोनाक्षी सिन्हा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा आइन् र आलोचना हुन थालेपछि उनले ट्वीटर खाता नै निष्क्रिय गरिन् । त्यसयता पहिलोपटक इन्स्टाग्राममा सक्रिय भएकी उनले आलोचकहरुलाई भिडियोसँगैको स्टाटसमार्फत् कडा जवाफ दिएकी छन् ।

उनले भनेकी छन्, ‘मैले आफूलाई ट्वीटर र नकारात्मकताबाट टाढा राखें । केही व्यक्तिहरु यसरी उत्सव मनाइरहेछन् कि मानौं उनीहरुले केही ठूलै कुरा जितेका छन् । तर म तपाईहरुको लागि खुसी नै छु ।’

 

View this post on Instagram

 

How i got myself off twitter and away from the negativity 😂 Some people are celebrating like they won something… im happy for you, tumhe laga raha hai na… lagne do, kisi ko koi farak nahi padh raha. But lets face it, ive cut the direct source of insult and abuse in my life. Ive taken away YOUR power to be able to say whatever it is that you want to me, my family and my friends. Ive taken away that access you had to me, that i had given you so trustingly. So theres only one winner here. Me. Your negativity has never served me or my life, which is why it literally took a snap of a finger to get rid of a following of 16 million people which ive garnered over the last ten years. Just like that. And im better off for it. I wish all those haters and trolls lots of love and healing, or you can continue with the hate but please know it’ll NEVER reach me. Accha ab yeh chakkar mein i know the people who love me are caught up too… please know that your love and support is what has kept me going all this while, and it always will! And I request you all to keep spreading that love and light wherever you go and to as many people as you can. Because Love is the answer. Always ❤️

A post shared by Sonakshi Sinha (@aslisona) on

उनले थपेकी छन्, ‘मैले आफ्नो जीवनमा अपमान र दुरुपयोगको हरेक स्रोतहरु नकार्ने गरेको छु । मैले तपाईंहरुको त्यो शक्ति खोसें जसका कारण तपाईहरु म, मेरो परिवार र साथीभाइहरुलाई मनपरी भन्न सक्नुहुन्थ्यो । मैले तपाईहरुलाई त्यो पहुँचबाट टाढा बनाइदिएँ जुन मैले धेरै भरोसाका साथ दिएकी थिएँ । त्यसैले, यहाँ केवल एक मात्र विजेता छ र त्यो म नै हुँ ।’

अन्तमा उनले लेखेकी छन्, ‘पक्कै पनि, यस चक्करमा मलाई माया गर्ने प्रशंसकहरु पनि मसँग जोडिनुभएको छ र तपाईहरुलाइ थाहा हुन पर्छ कि तपाईहरुकै साथ र सहयोगले नै मलाई अघि बढ्न प्रेरित गर्छ । म सबैसँग निवेदन गर्छु कि तपाईहरु जहाँ रहेपनि पनि माया र सद्भाव फैलाउने क्रम जारी राख्नुहोस् ।’

The post ट्वीटरलाई बाईबाई गरेपछि सोनाक्षी भन्छिन्- यहाँ केवल एक विजेता छ र त्यो म हुँ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles