Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना

$
0
0

काठमाडौँ, १८ वैशाख । स्वास्थ्यमा अचानक समस्या देखिएपछि बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन् । बुधबार राति उनी अस्पताल भर्ना भएको मिडिया रिपोर्टमा उल्लेख छ । उनका भाइ रनधिर कपुरले उक्त कुराको पुष्टि गरेको बताइएको छ ।

ऋषि कपुरको एचएन रिलायन्स हस्पिटलमा उपचार भइराखेको छ ।

अमेरिकामा लामो समय उपचार गरेर उनी गएको सेप्टेम्बरमा भारत फर्किएका थिए ।

उनीसँग उनकी श्रीमती नीतु कपुर रहेको बताइएको छ । लामो समयदेखि उनी पनि क्यान्सर रोगसँग जुधिरहेका छन् ।

The post बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles