एजेन्सी, १२ वैशाख । बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री दीपिका पादुकोण एक समय आफ्नो अभिनयदेखि पर आफ्नो सम्बन्धलाई लिएर अत्यधिक चर्चामा रहे । यी जोडीको सम्बन्ध लामो समयसम्म रहेन । तर अहिले यी दुवै असल साथी भएका छन् ।
हाल यी दुवै अहिले फेरी एकसाथ भाइरल भएका छन् । भाइरल हुनुको कारण एउटा भिडियो हो ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको अहिलेको यो भिडियो नयाँ भने होइन । यो भिडियो फिल्म ‘ये जवानी है दिवानी’ फिल्मको एउटा सिन हो । चलिसकेको फिल्मको एउटा सानो सिनको महत्व अहिले पनि कायम रहनुको पछाडिको कारण भनेको यो सिन शूट त गरिएको थियो तर फिल्ममा प्रयोग भने गरिएको थिएन ।
भिडियोमा रणवीर दीपिकाको घर गएर उनलाई खोज्न थाल्छन् । उनलाई कतै देख्दैनन् । तर उनले बाथरुमबाट सावरको आवाज सुन्छन् । उनलाई लाग्छ दीपिका भित्र छिन् । उनी ढोका बाहिर उभिएर जिस्कदै डर्टी जोक्स गर्न थाल्छन् ।
तर दीपिका घरको अर्को कुनाबाट आईरहेको देखिन्छ र रणवीरको डर्टी जोक्स सुनेर उनलाई घरबाट निस्कन भन्छिन् । तब त्यसैबेला दिपिकाकी आमा बाथरुमबाट निस्किन्छिन् तब रणवीर लाजले रातो हुन्छन् ।
सामाजिक सञ्जालमा अहिले यो भिडियो निकै भाइरल भइरहेको छ ।
The post दीपिकालाई रणवीरले बाथरुमभित्र डर्टी जोक्सले फ्लर्ट गर्न खोजेपछि … appeared first on Sajha Post.